मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भल्लालदेवले साइन गरे हलीउड फिल्म

एजेन्सी, मुम्बई, 2017/07/30
 
'बाहुबली' सफलतापछि भल्लालदेव उर्फ राणा दग्गुबातीको डिमान्ड ह्वात्तै बढेको छ ।  उनी अहिले आफ्नो नयाँ फिल्म 'नेने राजू नेने मन्त्री'को तयारीमा जुटेका छन् । यस्तैमा उनले एक निकै ठूलो घोषणा गरेका छन् । 
 
राणाले भने, 'यूकेको स्टूडियो द लन्दन डिजिटल मूभी एन्ड टिभी स्टूडियोजले मलाई एशियन एम्बेसडर बनाएको छ । योसँगै उक्त कम्पनीले मसँग एक फिल्म पनि साइन गरेको छ ।' उनका अनुसार, फिल्मको छायांकन २०१८ बाट सुरु हुनेछ । इन्डियन एक्सप्रेसको समाचार अनुसार, यो खबरलाई प्रोड्यूसर भारती कोमन्नाले कन्फर्म गरेका छन् । 
 
पछिल्लो केही महिनादेखि राणाले एकपछि अर्को सरप्राइज दिइरहेका छन् । हालैमा उनले तेलुगू शो 'यारी नम्बर १' आफूले होस्ट गर्न लागेको बताएका थिए । फिल्मको कुरा गर्ने हो भने 'नेने राजू नेने मन्त्री' चाँडै प्रदर्शनमा आउँदैछ । फिल्मलाई तेजाले निर्देशन गरेका हुन् ।