मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुर्मुस-सुन्तली’ले भेटे ‘नमुना नेपाल’ निर्माणका लागि जग्गा

फिल्मीखबर, काठमाण्डौ, 2017/07/30
 
हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस– सुन्तली’ फाउन्डेसनले पाँच अर्ब रुपैयाँमा निर्माण गर्न लागेको महत्वाकांक्षी योजना ‘नमुना नेपाल’ अब नेपाल सरकारले स्वीकृती दिए निर्माण हुने भएको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा निर्माण हुन लागेको हो । 
 
‘नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला परेको ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । जग्गा हेर्न गएको ‘धुर्मुस-सुन्तली’ जोडीलाई स्थानियले फुलमाला सहित स्वागत गर्दै परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका छन् ।
 
खोजे जस्तो जग्गा भेटेपछि ‘धुर्मुस-सुन्तली’ले आफूहरु उत्साहित भएको बताएका छन् । अब नेपाल सरकारले स्वीकृती दिए नमुना नेपालको काम अगाडि बढाइने ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन् । 
 
‘धुर्मुस-सुन्तली’ फाउन्डेशनले कोरेको खाका अनुसार, ‘नमुना नेपाल’भित्र मिनि रेल, सांस्कृतिक संग्रहालय, स्टेडियम, प्रतीकात्मक हिमाल, लुम्बिनी, मुक्तिनाथ, भ्यु टावरसहितको धरहरा, पशुपति, बौद्धनाथ आदि विविध सांस्कृतिक, धार्मिक स्थलहरू हुनेछन् ।