मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिग्री’ र ‘पाँडे’को फिल्ममा निश्चल निर्देशक ?

मनिष अन्जान, काठमाण्डौ, 2017/07/29
हास्य टेलिश्रंखला ‘भद्रगोल’का दुई मुख्य नायक कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले नेपाली फिल्म निर्माण गर्ने भएका छन् । गएको वर्षदेखि नै यो जोडीले फिल्म निर्माण गर्ने चर्चा खुबै चलेको थियो । तर, अब उनीहरुले सोच बनाएको फिल्म यस वर्ष नै फ्लोरमा जाने भएको छ । 
 
शुक्रवार राजधानीमा आयोजित ‘बाबा कन्सल्टेन्सी’ को टिभीसी विज्ञापनको सार्वजनिक कार्यक्रममा ‘फिल्मीखबर डटकम’का पत्रकार मनिष अन्जानसँग अनौपचारिक कुराकानी गर्दै अर्जुन घिमिरे (पाँडे) ले अब फिल्म निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । ‘फिल्मको स्क्रिप्टको काम सकाइसकेका छौं । हाम्रो तयारी साउन ३० गते फिल्मको औपचारिक निर्माण घोषणा गर्ने छ ।’, अर्जुनले भने । उनका अनुसार, अहिलेसम्म फिल्मको निर्देशक भने फाइनल भएको छैन । 
 
फिल्मीखबर डटकमलाई स्रोतले दिएको जानकारी अनुसार, निर्देशकमा निश्चल बस्नेतसँग कुरा भैरहेको छ । निश्चल अहिले आमा विरामी भएका कारण भारतमा छन् । उनी केही दिनभित्रमा नै नेपाल आउने र फिल्मको विषयमा थप कुराकानी हुने बताइएको छ । 
 
फिल्मको नाम र कलाकारहरु अहिलेसम्म भने गोप्य राखिएको छ । यसअघि चर्चा थयो कि फिल्ममा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) लगायतका कलाकारहरुको अभिनय रहनेछ ।