मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायती अभिनेतासँग श्रुतिको खुल्लम खुल्ला प्यार

एजेन्सी, मुम्बई, 2017/07/29
दक्षिण भारतीय फिल्मका सुपरस्टार कमल हसनकी छोरी अभिनेत्री श्रुति हसन हालै आफ्नो ब्वाइफ्रेन्ड माइकल कोर्सेलको साथमा देखिइन् । दुवै मुम्बईको ओलिभ बार एण्ड किचनमा हातमा हात समाएर घुम्दै गरेको अवस्थामा मिडियाको क्यामेरामा कैद भएका थिए । माइकलसँग डेट गरिरहेको कुरा श्रुतिले अहिलेसम्म स्वीकार गरेकी छैनन् । तर, उनीहरुको क्रियाकलापले धेरै कुरा आँफै बताइरहेको छ ।
 
दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री श्रुतिसँग जब यस बारेमा सोधिएको थियो उनले यसखालको अफवाहमा आफूले ध्यान नदिने बताएकी थिइन् । माइकलसँगको डेटिङको खबरको बारेमा श्रुतिले भनिन्, ‘म न यस खालका अड्कलमा विश्वास गर्छु न त कुनै प्रतिक्रिया दिन्छु । यस खालका खबरबाट म चिन्तित हुँदिन । म त केवल यस्ता अफवाहहरुलाई वेवास्ता गर्छु किनभने म आफ्नो व्यक्तिगत जीवनको बारेमा कसैसँग डिस्कस गर्न चाहन्न ।’
 
तर, मिडियाहरुका अनुसार यी दुई पछिल्लो ८ महिनादेखी डेट गरिरहेका छन् र सार्वजनिक कार्यक्रमहरुमा सँगै देखिने गरेका छन् । लण्डन निवासी माइकल स्पेनीस मुलका बेलायती अभिनेता हुन् । उनी प्रसिद्ध ड्रामा सेन्टर लण्डनबाट अभिनयमा ग्राजुयट हुन् र अहिले लण्डनको नाट्य समूह डिप डाइभिङ मेनको सदस्य हुन् ।