मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘रुद्र’बाट साराले देखाइन् संभावना

फिल्मीखबर, काठमाण्डौ, 2017/07/29
नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरुको इन्ट्री दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय निर्माण भएका अधिकांश फिल्महरुमा अहिले नयाँ अनुहारको नै वर्चश्व देखिन्छ । केही पहिलो फिल्मबाट नै गुमनाम बनेका उदारहणहरु प्रशस्तै छन् भने कसैलाई पहिलो फिल्म नै करिअर चम्काउने मेशिन बन्न पुगेका छन् ।  
 
केही वर्षदेखि नयाँ अनुहारहरुले नेपाली फिल्म क्षेत्रमा आफ्नो राम्रो पकड बनाउन सफल भएका छन् । फिल्म क्षेत्रले पनि केही नयाँ अनुहारबाट ठूलो आश बोकेको छ । यस्तै, हाल प्रदर्शन भैरहेको फिल्म ‘रुद्र’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका सारालाई अहिले नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । 
 
फिल्म ‘रुद्र’ ले दर्शकहरुबाट मिश्रित प्रतिक्रिया बटुलेपनि सबैभन्दा बढी तारिफ नव—नायिका साराले पाएकी छिन् । उनको डाइलग डेलिभरी, सुन्दरता र अभिनयको अहिले सबैभन्दा बढी प्रशंसा भैरहेको छ । साराले ‘रुद्र’ बाहेक निखिलसँग फिल्म ‘पिँजडा ब्याक अगेन’मा पनि मुख्य भूमिका निर्वाहा गरेकी छिन् ।
 
‘रुद्र’ को कथावस्तु र प्रस्तुतीकरण कमजोर भएपनि दर्शकहरुले साराको अभिनयबाट भने गज्जबकै मज्जा उठाउन सक्छन् । फिल्मको सबैभन्दा बलियो पक्ष नै साराको दमदार अभिनय हो । ‘रुद्र’ बाट साराले नेपाली फिल्ममा आफ्नो पकड बलियो बनाउनेमा शंका छैन । ‘रुद्र’ मा निखिल उप्रेती, सारा, विश्व शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।