मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि जेल जान सक्छन् सञ्जय दत्त

एजेन्सी, मुम्बई, 2017/07/28
हालैमा बम्बे हाईकोर्टले जेल प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै सोधेको छ कि सञ्जय दत्तलाई उनको कुन राम्रो व्यवहारका लागि जेलबाट सहूलियत दिइयो ? महाराष्ट्र सरकारले जेलसँग सञ्जय दत्तलाई ८ महिना पहिले नै रिहा र जेलमा भिआइपी ट्रीटमेन्ट दिएको आरोपमा जाँचका लागि आदेश दिएको छ । 
 
महाराष्ट्र सरकारका अनुसार, यदी जाँचमा सञ्जय दत्तलाई जेलमा भिआइपी ट्रीटमेन्ट मिलेको सावित भयो भने उनी फेरि जेल जानु पर्नेछ । दत्तले यदी फर्लो वा पैरोलको नियम तोडेको प्रमाणित भयो भने सरकारले फेरि दत्तलाई जेल चलान गर्न सक्छ । 
 
सामाजिक कार्यकर्ता प्रदीप भालेकरले यो मामलामा हाई कोर्टमा जनहित मुद्धा दर्ता गरेका छन् । मुद्धा दर्ता गरेका व्यक्तिको आरोप छ कि सजाय दिएको बखत धेरैजसो सञ्जय दत्त पैरोल या फर्लोमा जेलबाट बाहिर रहेका थिए । यसमा उनको व्यवहार कसरी राम्रो कैदीको श्रेणीमा गनियो ?