मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत २’ भर्सेस ‘रुद्र’, कसको होला पल्ला भारी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/28

एकै मितिमा 'राधे', 'घामपानी' र 'लभ लभ लभ', 'पर्व र हिटलर', 'लाल्टिन र आधा लभ', 'म यस्तो गीत गाउँछु' र 'सायद २' को भिडन्त तपाईहरुले नेपाली पर्दामा हेरिसक्नु भएको छ । यस वर्ष एकै मितिमा एकसाथ भिडन्त आरम्भ गरेका फिल्महरु मध्ये 'म यस्तो गीत गाउँछु' र 'धनपति'ले मात्र लगानी सुरक्षित गर्दै नाफा खल्तीमा हाल्न सफल भए भने अन्य आधा दर्जनभन्दा बढी फिल्मलाई दर्शक अभाव भयो । एकैमितिमा एकभन्दा बढी फिल्मको भिडन्तमा कमै फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भएका छन् ।

यसले आज शुक्रवार पनि निरन्तरता पाएको छ । आज शुक्रवार अर्थात, साउन १३ गते वर्षको दुई प्रतिक्षित फिल्म 'प्रेमगीत २' र 'रुद्र'ले प्रदर्शन आरम्भ गरेका छन् । 'प्रेमगीत २' वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'को सिक्वेल हो भने 'रुद्र'मा नायक निखिल उप्रेतीको अभिनय छ । सिंगल हलमा 'रुद्र' र मल्टिप्लेक्समा 'प्रेमगीत २' ले आफ्नो बर्चश्व जमाउनेछ । सिंगल हलका बादशाह मानिने निखिल र मल्टिप्लेक्स र सिंगलमा राम्रो क्रेज बनाएका प्रदीपबिच यो हप्ता राम्रै भिडन्त हेर्न पाइनेछ ।

 

ब्रान्ड नाम भएका कारण पनि 'प्रेमगीत २' लाई हलसम्म दर्शक तान्न सजक हुनेछ भने नायक निखिललाई भने लगातार एकपछि अर्को फिल्म असफल भएका कारण दर्शक रिझाउन मुश्किल पर्ने देखिन्छ । ५ वर्षपछि कमब्याक गरेको फिल्म 'भैरव' बाहेक उनी अभिनित 'किंग', 'निर्भय' र 'राधे' असफल मानिन्छन् । अब 'रुद्र'ले के गर्ला त्यसतर्फ अहिले सबैको ध्यान मोडिएको छ ।

दुई फिल्महरुबारे छोटकरीमा चर्चा गरौं :-

‘प्रेमगीत २’

म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

'रुद्र'

निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको ब्यानरमा निर्माण भएको 'रुद्र' मा निखिल उप्रेती, सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको अभिनय छ ।

रामजी लामिछाने निर्देशित यो फिल्ममा सौरभ लामाको छायांकन, दिनेश सोनाम र निखिलको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन छ ।