मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सुस्मिताले मागिन् उत्सवसँग माफी

फिल्मीखबर, काठमाण्डौ, 2017/07/27
रंग पत्रकार उत्सव रसाइलीसँग नायिका तथा निर्मात्री सुस्मिता केसीले माफी मागेकी छिन् । बिहीवार महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर पत्रकार उत्सवसमक्ष नायिका सुस्मिताले आत्म-आलोचना गर्दै माफी मागेकी हुन् । केहीदिन अगाडि सुस्मिताले पत्रकार रसाइलीलाई फोनमार्फत 'बाउको बिहे देखाउने' भन्दै धम्की दिएकी थिइन् ।
 
महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार उत्सव रसाइलीले जातीय, लैंगिक हिंसा र कुटपिट गर्ने धम्की दिएकी सुस्मिता विरुद्द निवेदन दिएका थिए । यस विषयमा प्रहरी परिसर टेकुले सोधपुछका लागि सुस्मितालाई बोलाएको थियो । उनले लिखित रुपमा पत्रकार रसाइलीसँग माफी मागेकी हुन् । आगामी दिनमा पत्रकारलाई धम्की नदिने, जातीय, लैंगिक हिंसा हुनेगरि फेसबुकमा स्टाटस वा म्यासेज नपठाउने लगायतका कुराहरु उनको लिखित माफी पत्रमा उल्लेख छ । चलचित्र पत्रकार संघ, नेपालले तीन दिनमा पत्रकार रसाइलीसमक्ष लिखित रुपमा माफी नमागे उनीसँग सम्बन्धित कार्यक्रम र समाचार बहिष्कार गर्ने निर्णय गरेको थियो । 
 
केही दिन अगाडि उत्सवलाई सामाजिक सञ्जाल फेसबुकमा धम्कीपूर्ण भाषा प्रयोग गर्दै सुस्मिताले लैंगिक हिंसा हुनेगरी स्टाटस पोष्ट गरेकी थिइन् । उत्सवलाई सुस्मिताले फेसबुकको प्राइभेट म्यासेज बक्समा 'रसाइली कुन जातको रे ?' भन्दै जातीयताको धज्जी उडाएकी थिइन् भने एक स्टाटस लेख्दै 'उत्सव बहिनी उप्स सरी भाई' भन्दै लैंगिक हिंसा हुनेगरी स्टाटस पोस्ट गरेकी थिइन् । 
 
सुस्मिताको म्यासेज र स्टाटसको प्रतिउत्तर दिँदै पत्रकार रसाइलीले फेसबुकमा एक स्टाटस पोष्ट गरेपछि उनले फोनमा धम्की दिएकी थिइन् ।