Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

निश्चल र आशिफको ‘२ रुपैयाँ’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/07/27
भाद्र २३ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । 'कुटुमा कुटु' र 'टल्क्यो जवानी' बोलको गीतबाटै प्रतिक्षित बनेको फिल्म ‘२ रुपैयाँ’को बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 
 
ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । फिल्ममा निश्चलले 'जुरेली' र अशिफले 'दाह्री'को भूमिका निर्वाहा गरेका छन् ।  
 
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ ।  
 
यो फिल्ममा समाबेश 'कुटुमा कुटु' बोलको गीतले युट्युबमा छोटो समयमा करोड बढी 'भ्यू' पाइसकेको छ । गीतसंगीतका कारण पनि पछिल्लो समय नेपाली फिल्मले सुखद व्यापार गरिरहेको अवस्थामा ‘२ रुपैयाँ’लाई पनि 'कुटुमा कुटु'ले केही राहत दिने निर्माण पक्षको आश छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)