मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत २’ को एड्भान्स बुकिङ आक्रामक

फिल्मीखबर, काठमाण्डौ, 2017/07/27
भोली शुक्रवारबाट प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक एडभान्स बुकिङ थालेको छ । पहिलो दिन मल्टिप्लेक्समा ६० प्रतिशत र दोस्रो दिन बिहीवार ९० प्रतिशत टिकट बुकिङ भएको छ । 
 
एड्भान्स बुकिङ आक्रामक देखिएपछि यसको प्रभाव सोज बढोत्तरीमा पनि देखिएको छ । सर्वाधिक सेयर प्राप्त हुने क्यूएफएक्सले काठमाडौंका आउलेटमा मात्र १४ सोज उपलब्ध गराएको छ । पोखरामा पनि फिल्मले क्यूएफएक्समा पाँच सोज पाएको छ । शनिबारसमेत फिल्मको बुकिङ उच्च छ । 
 
कुमारी, जयनेपाल, सेन्ट्रल, लाबिम हलका बिहानी, रात्री र दिवा सोजमा फिल्मको बुकिङ उच्च छ । ‘बुकिङको यो ट्रेन्डले आक्रामक ओपनिङको संकेत गर्छ’ निर्माता सन्तोष सेनले भने, ‘अपेक्षाभन्दा बढी दर्शकीय विश्वास र अपेक्षा एड्भान्स बुकिङमा देखियो ।’
 
क्यूएफएक्सले तीन सोज थप गरेर सोजको संख्या १५ पुराएको छ भने बिग मूभिजले चार, एफक्युबले चार, क्यूजले चार सोज दिएका छन् । आक्रामक बुकिङको नतिजा शुक्रबार हुने अकुपेन्सी एवं ओपनिङमा देखिने अनुमान छ । देशभर ८० पर्दाबाट फिल्म रिलिज हुँदैछ ।  
 
म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।