मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निखिल र सौगातको ‘संरक्षण’लाई ‘पीजी’

फिल्मीखबर, काठमाण्डौ, 2017/07/27
 
साउन २७ गतेबाट प्रदर्शनमा आउन लागेको निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । अब यो फिल्म हेर्न १६ वर्षभन्दा मुनीका बालबालिकाहरुले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन् । फिल्ममा निखिल र सौगतको खतरनाक एक्सन दृश्य भएका कारण ‘संरक्षण’ले पीजी सर्टिफिकेट प्राप्त गरेको निर्माता प्रदीप उदयले जानकारी दिए । 
 
 
२ घन्टा ५ मिनेट लामो फिल्म ‘संरक्षण’लाई पूर्णेन्द्रकुमार झाले निर्र्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।