मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो सलमान र युलियाको प्रेम कहानी

फिल्मीखबर, काठमाण्डौ, 2017/07/27
बलीउडस्टार सलमान खान र उनकी कथित भनिएकी प्रेमिका युलिया वन्तरबिच बोलीचाली बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ । सलमान खान आफ्नो फिल्मलाई लिएर कुनै पनि सम्झौता गर्न चाहँदैनन् । उनले आफ्नो फिल्म ‘टाइगर जिन्दा हे’ का लागि निकै मिहिनेत गरेका छन् । 
 
कथित प्रेमिका युलिया वन्तर फिल्म ‘टाइगर जिन्दा हे’मा एउटा गीत गाउन चाहन्थिइन् । तर, सलमान खानले आवाज फिल्ममा सुट नभएको भन्दै उनलाई रिजेक्ट गरेका थिए । गीत गाउन अस्विकार गरेपछि सलमान र युलियाबीच 'तँ तँ र म म' समेत भएको बताइएको छ । सलमानले फिल्ममा गाउन नदिएपछि युलियाले सलमान खानसँग रिसाएकी थिइन् ।
 
‘टाइगर जिन्दा हे’ फिल्म सन् २०१२ मा आएको फिल्म 'एक था टाइगर'को सिक्वल हो । यस फिल्मलाई अली अब्बासले निर्देशन गरेका हुन् ।