मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘ग्याङस्टार ब्लुज’ को आइटम गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/07/26
भाद्र २ गतेलाई रिलिज फाइनल गरिएको फिल्म ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत सार्वजनिक भएको छ । मंगलवार फस्टलुक पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले बुधवार फिल्मको आइटम गीत सार्वजनिक गरेको हो । 'अबला' बोलको आइटम गीतमा सृष्टि कार्कीले ठुम्का लगाएकी छिन् । 
 
एक बारमा खिचिएको गीत सँग-सँगै नव-नायक आशिरमाज देशराज श्रेष्ठको 'ग्याङस्टार' रुप पनि देखाइएको छ । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत रहेको छ । 
 
'होस्टेल', 'जेरी', 'गाजलु' फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले निर्देशन गरेको फिल्म ‘ग्याङस्टार ब्लुज’ मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।