मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरा र बुटवल प्रिमियरमा रुचाइयो ‘प्रेमगीत २’

फिल्मीखबर, काठमाण्डौ, 2017/07/26
‘प्रेमगीत २’ को प्रतिक्षामा हुनुहुन्छ ? अब धेरै दिन कुर्नु पर्दैन किनकी यही शुक्रवारबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'को सिक्वेल भएका कारण पनि यतिबेला ‘प्रेमगीत २’को प्रतिक्षा व्यापक भैरहेको छ । 
 
साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको रिलिज अगाडि नै पोखरा र बुटवलमा प्रिमियर गरिएको छ । पोखरा घरेलु फिल्मका लागि दोस्रो ठूलो बजार हो भने बुटवल चौंथो । यसैले पनि ‘प्रेमगीत २’ले दुई थलोबाट पाएको दर्शक प्रतिक्रियाले ठूलो अर्थ राख्छ । दुबै थलोमा ‘प्रेमगीत २’ले मीठो प्रतिक्रिया बटुलेको छ । 
 
क्यूएफएक्स पोखरा र भ्यूज बुटवल हलमा आयोजना गरिएको प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक, निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेन सहभागि थिए । 
 
प्रिमियरमा फिल्मले पाएको दर्शकहरुको प्रतिक्रियाबाट उत्साहित देखिएका निर्देशक पाठकले दर्शकीय सन्तुष्टि र प्रतिक्रियाबाट आफूहरुलाई थप ऊर्जा मिलेको बताए । प्रिमियरमा प्रदीप क्रेज पोखियो । उनलाई आफ्नो क्यामेरामा कैद गर्न दर्जनौ यूवतीहरुको भिड लागेको थियो । 
 
युवाहरुको फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले प्रिमियर आयोजनाका लागि पहल गरेको थियो । समूहले प्रदर्शनीका लागि च्यारिटी गर्दै संकलित रकम अनाथ बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा खर्च गरिने पोखरा एमआरआर प्रमुख सुवास शर्माले बताए । 
 
 
म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।