मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.40/5.00)
Text size:-
+
-

बलीउड गीतमा ‘कृ’ हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2017/07/26
बलीउड नेपाली कलाकारहरुको लागि सपना हो । एकदुई नेपाली कलाकारले मात्र बलीउडमा आफूलाई सफल सावित गरेका छन्। त्यहाँ जम्नु फलामको चिउरा चपाउनु सरह भएतापनि अवसर खोज्ने नेपालीहरुको कमी भने छैन।
 
यस्तैमा, नायक अनमोल केसी अभिनित फिल्म ‘कृ’मा मुख्य भूमिका निर्वाहा गरिरहेकी नायिका आदिती बुढाथोकीले भारतीय गीतमा अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । केही वर्षदेखि भारतमा बसेर म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी आदितीले गएको वर्ष भारतको चर्चित म्यूजिक कम्पनी 'सोनी म्यूजिक'बाट बन्न लागेका तीन वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता समेत गरेकी थिइन् । 
 
'गल गोरिए' बोलको सार्वजनिक गीतमा र्‍याप र संगीत रफ्तारको रहेको छ भने शब्द जानीको छ । गीतमा पञ्जाबी गायक मनिन्दर बुट्टरको स्वर सुन्न सकिन्छ । अरविन्द्र खैराले म्यूजिक भिडियो निर्देशन गरेका हुन् । यो भिडियोलाई जि म्यूजिक कम्पनी र अंकित खन्ना प्रोजेक्टस् ले संयूक्त रुपमा निर्माण गरेको हो । गीतमा आदितीको सुन्दरताको तारिफ गरिएको छ । भिडियोमा आदितीको नाम भने राखिएको छैन । 
 
भारतमा बसेर बलीउड फिल्ममा करिअर बनाउन कम्मर कसेर लागिपरेकी आदितीलाई यो गीतले बलीउड करिअरलाई नयाँ मोड दिने सम्भावनाको ढोका भने खोलेको आभास गर्न सकिन्छ । आदिती अभिनित नेपाली फिल्म ‘कृ’ कात्तिक ३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट उनी 'स्टार' बन्ने दौडमा छिन् ।