मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

शिर्ष स्थानमा ‘ए मेरो हजुर-२’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/07/26
गएको शुक्रवार साँझ ८ गते युट्युबमा सार्वजनिक गरिएको वर्षको बुहप्रतीक्षित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलरले २४ घन्टामा नै किर्तिमानी भ्यू पाएको थियो । युट्युबमा रिलिजको २४ घण्टामा साढे ५ लाखभन्दा बढी पटक हेरिएको ‘ए मेरो हजुर-२’ को ट्रेलरले अहिलेसम्म ९ लाख ८० हजारभन्दा भ्यू पाइसकेको छ । 
 
साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँको केमेष्ट्रीलाई निकै रुचाइएको ट्रेलरले बुधवार नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । मंगलबार साँझसम्म नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा फिल्म 'छक्का पन्जा २' को 'ए दाजु नसमाउ नाडीमा' बोलको थियो थियो । ‘ए मेरो हजुर-२’ को ट्रेलरले साम्राज्ञी र सलिनमान बिचको प्रेम र विछोडको कथा बोलेको छ । 
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । भदौ १६ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  नायिका झरना थापा निर्देशत यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।