Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धनुष र काजोलको ‘भिआईपी २’ ट्रेलर रिलिज

एजेन्सी, मुम्बई, 2017/07/26
दक्षिण भारतीय फिल्मका सुपरस्टार धनुष र काजोल देवगन अभिनित बहुप्रतीक्षित फिल्म 'भिआईपी २' को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा धनुष र काजोलको टकराब देख्न सकिन्छ । काजोल फिल्ममा भिलेन बनेकी छिन् । 
 
ट्रेलरमा फिल्मका हिरो रघुवरनको कहानी देखाइएको छ, जो आफ्नी पत्नी र पितासँग खुशीमय जिन्दगी विताइरहेका हुन्छन् । यस्तैमा रघुवरनको बाटोमा एक नयाँ दुश्मन वसुन्धरा आउँछिन् । वसुन्धराको भूमिका काजोलले निर्वाहा गरेकी छिन् । यो फिल्म सुपरहिट 'भिआईपी'को सिक्वेल हो । 
 
यो फिल्मका निर्देशक सौन्दर्या रजनीकान्तले गरेका हुन् भने यो २८ जुलाईबाट 'भिआईपी २' प्रदर्शनमा आउँदैछ ।  

Most Visited News (monthly)