Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

भारतमा नेपाली फिल्म देखाइने

फिल्मीखबर, काठमाण्डौ, 2017/07/26
भारतको पुनेमा आयोजना हुन लागेको एक फिल्म फेस्टिभलमा १० नेपाली फिल्म देखाइने भएको छ । साउन १३ गतेदेखि सुरु हुने ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामक कार्यक्रममा १० नेपाली फिल्महरु प्रदर्शन गर्न लागिएको हो । 
 
फेस्टिभलमा प्रचण्डमान श्रेष्ठको ‘लभ सासा’, गोपालचन्द्र लामिछानेको ‘ओ माइ म्यान’, यादव भट्टराईको ‘झोला’, नीर शाहको ‘सेतो बाघ’, रामबाबु गुरुङको ‘कबड्डी’, निश्चल बस्नेतको ‘टलकजंग भर्सेज टुल्के’ र मनोज पण्डितको ‘छाया’सँगै मीनबहादुर भामको ‘कालो पोथी’, छिरिङ रितार शेर्पाको ‘मुकुन्डो’, दीपेन्द्र के खनालको ‘पशुपति प्रसाद’ र नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’ पनि देखाइने छ । 
 
पुने इन्टरनेशनल सेन्टरले नेपालको चलचित्र विकास बोर्ड र भारतको नेशनल फिल्म अर्काइभ अफ इन्डियासँग सहकार्य गर्दै यो फिल्म फेस्टिभलको आयोजना गरेको हो । 
Most Visited News (monthly)