Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘ग्याङस्टार ब्लुज’ को पोष्टर

फिल्मीखबर, काठमाण्डौ, 2017/07/26
'होस्टेल', 'जेरी', 'गाजलु' फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले निर्देशन गरेको नयाँ फिल्म ‘ग्याङस्टार ब्लुज’ भाद्र २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । केहीदिन अगाडि सार्वजनिक भएको ट्रेलर र एक रोमान्टिक गीतबाटै प्रतिक्षित बनेको  ‘ग्याङस्टार ब्लुज’ को हालैमा फस्टलुक पोष्टर बाहिरिएको छ । पोष्टरमा नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ छन् । पोष्टरले नै फिल्म ग्याङस्टार कथावस्तुमा आधारित भएको झल्को दिन्छ ।
 
गएको वर्ष स्कुले जीवन सकाएका नव-नायक आशिरमानलाई फिल्ममा एंग्री योङम्यानको लुक्समा प्रस्तुत गरिएको छ । आशिरमान बैंकर रविना देशराजको छोरा हुन् भने नायक आयुष्मान देशराजका भाई हुन् । उनलाई अहिले नेपाली फिल्म क्षेत्रमा संभावना बोकेको नायकको रुपमा हेरिएको छ । पहिलो फिल्म रिलिज नहुँदै गज्जबको फ्यान फलोइङ बनाइसकेका आशिरमान ‘ग्याङस्टार ब्लुज’ प्रदर्शनमा आएपछि स्टार बन्नेमा दौडमा छन् । 
 
यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 
ट्रेलर पनि हेर्नुस् :-
 

Most Visited News (monthly)