मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुस्मिताले थर्काइन् पत्रकार

फिल्मीखबर, काठमाण्डौ, 2017/07/25
यो महिना नेपाली फिल्म क्षेत्र काण्डै काण्डले चर्चित बनेको छ । यसै महिना एक नायिकाको सेक्स भिडियो सर्वत्र भाइरल बन्यो । उक्त नायिकाले ईन्टरनेटमा भाइरल भएको सेक्स भिडियो आफ्नो होइन भन्दै प्रहरीमा उजुरी पनि दिइन् । यस्तैमा फेरि एक मोडलको नांगो तश्वीर फेसबुकमा सार्वजनिक भयो । यो खबरले पनि नेपाली फिल्म क्षेत्र तरंगीत बन्यो । यो खबर सेलाउन नपाउँदै 'सायद २' नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावलमाथि कास्टिङ काउचको आरोप लगाइन्, जसको मंगलवारमात्र कलाकार संघ र निर्माता संघले संयूक्त रुपमा यो काण्डको पार लगायो । 
 
यो काण्डले सिनेवृतले भूकम्प ल्याइरहेको अवस्थामा फेरि एक नायिकाले पत्रकारलाई धम्की दिएकी छिन् । नायक भूवन केसीकी पूर्व पत्नी तथा अनमोल केसीकी आमा सुस्मिता केसीले रंग पत्रकार उत्सव रसाइलीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै जातीय र लैंगिक हिंसा हुनेगरी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेकी छिन् । उत्सवलाई सुस्मिताले फेसबुकमा म्यासेज गर्दै 'रसाइली कुन जातको रे ?' भन्दै जातीयताको धज्जी उडाएकी छिन् भने एक स्टाटस लेख्दै 'उत्सव बहिनी उप्स सरी भाई' भन्दै लैंगिक हिंसा हुनेगरी स्टाटस पोस्ट गरेकी छिन् । सुस्मिताले यो स्टाटस भने हटाइसकेकी छिन् । सुस्मिताले पटक-पटक पत्रकार उत्सवलाई लक्षित गर्दै विभिन्न स्टाटसहरु लेख्दै २ घण्टामा हटाउँदै आइरहेकी थिइन् । 
 
 
सुस्मिताको म्यासेज र स्टाटसको प्रतिउत्तर दिँदै पत्रकार रसाइलीले आफ्नो फेसबुकमा लेखेका छन्, 'युवा स्टार अनमोल केसीकी आदरणीय आमा सुस्मिता केसीले मलाई पर्सनल च्याटमा यसरी जात के हो ? भनेर सोध्नु भयो । म दलित समुदायमा पर्दछु । मेरो आफ्नो र अन्य सम्पूर्ण समुदायप्रति सम्मान छ । थप अरु के जान्न चाहानुहुन्छ ? र, सुस्मिता बम्जन उर्फ केसी तपाईलाई रमाइलो गर्ने साह्रो सोख चलेछ, आउनुस् स्टार मलको पहिलो तल्लामा बसेर धित मरुञ्जेल रमाइलो गराइदिन्छु र म भाई हो कि बैनी त्यो पनि प्रष्टसँग देखाइदिन्छु। अन्त्यमा अनमोल केसी आमालाई सम्हाल्नुस्,आमाको रोग पहिचान गरेर बेलैमा उपचार गर्दा करिअर थप उज्जवल हुन्छ ।'
 
पत्रकार रसाइलीले आफ्नो आधिकारीक फेसबुकमा यो स्टाटस लेखेपछि नायिका तथा निर्मात्री सुस्मिता केसीले फोनमा धम्कीपूर्ण भाषा बोलेकी छिन् । यस्तो छ उत्सव र सुस्मिताबिचको फोनर्वार्ता :-
 
उत्सव : हेलो...
सुस्मिता : हेलो...
उत्सव : हजुर हजुर
सुस्मिता : को उत्सव हो ? 
उत्सव : अँ उत्सव
सुस्मिता : ओइ गधा त कहाँ भन त ? म आउँदैछु । 
उत्सव : म स्टार मलमा छु दिदी, भन्नुन । 
सुस्मिता : म आउँदैछु । तलाई तेरो बाउको बिहे नदेखाई म छाड्दिन । 
उत्सव : हुन्छ । कति बजे आउनुहुन्छ ?
सुस्मिता : तँ पर्खी राख, त्यहाँ मलाई । 
उत्सव : कति बजे आउनुहुन्छ ? 
सुस्मिता : कति बजे होइन म आधा घन्टामा आउँछु । तँ मलाई पर्खी राख । 
उत्सव : ए, ल ल ल । 
सुस्मिता : तैले अत्ति न्यूहुँ खोजिस् तेरो म आज देखाउँछु । तलाई पख । 
उत्सव : ए, ल न त ल आउनुस् । 
सुस्मिता : भागिस् भने....
उत्सवः कतिबजे आउनुहुन्छ । 
(फोन सम्पर्क विच्छेद भयो)
 
 
सुस्मिताले जातीय र लैंगिक हिंसा हुनेगरी प्राइभेट म्यासेज बक्स र सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेपछि अहिले यसले चर्को रुप लिएको छ । तीन दिनभित्र लिखित स्पष्टिकरणको मागसहित पत्रकार रसाइलीसँग माफी नमागे चलचित्र पत्रकारहरुले सुस्मिताको विषयमा कलम नचलाउने चलचित्र पत्रकार संघ, नेपालले एक विज्ञप्ती जारी गर्दै निर्णय पनि गरेको छ । पत्रकार रसाईली अहिले 'रसाइलो छ डटकम'मा कार्यरत छन् ।