मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

भाद्र ३० : पलसँग सञ्चिता र सौगातको भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2017/07/25
एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुनु अहिले सामान्य बन्दै गएको छ । वर्षमा झण्डै डेढ सयको आसपासमा फिल्म निर्माण हुन्छन् तर ति मध्ये आधा दर्जन फिल्मले पनि सोलो रिलिजको मौका पाउँदैनन् । त्यसैले त बेलाबखतमा नेपाली फिल्मको रिलिज पोस्टपोन्डका खबरहरु मिडियामा आइरहेका हुन्छन् । फिल्मको रिलिज पोस्टपोन्डका खबरले मात्र होइन एकै मितिमा एकभन्दा बढी फिल्मको भिडन्तको खबरले पनि मिडियामा राम्रै स्थान पाउने गर्छन । 
 
यस वर्षको सुरुवात नै तीन ठूला फिल्मको भिडन्तबाट आरम्भ भएको थियो । यसले भाद्र ३० गतेपनि निरन्तरता पाउने भएको छ । बैशाख १ गते प्रदर्शनमा आएका तीन फिल्म 'लभ लभ लभ', 'राधे' र 'घामपानी' जस्तै भाद्र ३ गते पनि 'जोनी जेन्टलम्यान', 'लिला' र 'झ्यानाकुटी' प्रदर्शनमा आउँदैछ । केही दिन अगाडिसम्म यो मितिमा 'जोनी जेन्टलम्यान' र 'लिला' मात्र लड्ने फाइनल भएको थियो तर नायिका निशा अधिकारीले निर्माण गरेको फिल्म 'झ्यानाकुटी'ले भाद्र ८ गतेबाट भाद्र ३० गतेलाई रिलिज कन्फर्म गरेपछि यो मितिमा तीन फिल्मको भिडन्त हुने फाइनल भएको हो । 
 
'जोनी जेन्टलम्यान'मा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ भने 'लिला'मा सञ्चिता लुईटेल मुख्य भूमिकामा छिन् । यस्तै, 'झ्यानाकुटी'मा सौगात मल्ल र बेनिशा हमाल लिड रोलमा छन् । यी तीनवटै फिल्म ठूला बजेटका हुन् । साउन १३ गते 'प्रेमगीत २' र 'रुद्र', असोज ११ गते 'छक्का पन्जा २' र 'मंगलम', कात्तिक १, २ र ३ गते लगातार 'ऐश्वर्य', 'रुद्रप्रिया' र 'कृ'को भिडन्तको खबरले सिनेवृत तातिरहेको अवस्थामा अब भाद्र ३० गते रिलिज हुन लागेका 'जोनी जेन्टलम्यान', 'लिला' र 'झ्यानाकुटी'को महासंग्रामले पनि छुट्टै तरंग उत्पन्न गर्न थालेको छ । 
 
निशा अधिकारीले पहिलो पटक निमाण गरेको फिल्म 'झ्यानाकुटी'लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् भने 'जोनी जेन्टलम्यान'का निर्देशक नितिन चन्द हुन् । यस्तै, सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।