Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

शुशीललाई धक्का, न चल्यो ‘कारखाना’ न ‘सायद २’

फिल्मीखबर, काठमाण्डौ, 2017/07/25
फिल्म ‘होस्टेल रिर्टन्स’का सिक्स प्याक हिरो हुन् शुशील श्रेष्ठ । डेब्यू फिल्म नै हिट भएपछि शुशीललाई लागेको थियो अब भाग्य नै चम्कियो । ‘होस्टेल रिर्टन्स’बाट सबैको नजरमा परेका शुशीलको डिमान्ड पनि ह्वात्तै बढ्यो । ‘होस्टेल रिर्टन्स’बाटै उनले आफ्नो बलियो क्रेज पनि बनाए । 
 
‘होस्टेल रिर्टन्स’पछि उनले दोस्रो फिल्म साइन गरे ‘कारखाना’ । वर्षा सिवाकोटी र शुशीलको यो फिल्ममा मुख्य भूमिका थियो । यो फिल्म गएको असार १६ गते प्रदर्शनमा आयो । ‘कारखाना’ हिट हुनेमा शुशील विश्वस्त नहुने त शंकै थिएन तर उनले सोचे जस्तो रिजल्ट आएन । ‘कारखाना’लाई दर्शक अभाव भयो । ‘कारखाना’ असफल भएपछि शुशीलको सबैभन्दा ठूलो आश थियो ‘सायद २’ माथि । 
 
‘सायद’ आफैमा ब्रान्ड भएका कारण शुशीललाई लागेको थियो ‘कारखाना’बाट पाएको असफलताको स्वादलाई ‘सायद २’ ले विर्साउनेछ । ‘सायद २’ असार ३० गते प्रदर्शनमा आयो । बजारमा फिल्मको राम्रै हाईप थियो तर ‘सायद २’ लाई पनि दर्शकको खडेरी लाग्यो । असार ३० गते एकसाथ प्रदर्शनमा आएका अर्को फिल्म 'म यस्तो गीत गाउँछु'ले थामिनसक्नु दर्शक तान्दा ‘सायद २’ ले लगानीको आधा प्रतिशत पैसा पनि उठाएन । फिल्मका निर्माता सुनिल रावलले ‘सायद २’ असफल भएको स्वीकार गरिसकेका छन् । 
 
फिल्मले लगानी समेत सुरक्षित नगर्दा निर्मातालाई कस्तो पीडा हुन्छ होला ? यो तपाईहरु पनि अनुमान लगाउन सक्नुहुन्छ । निर्मातालाई जति पीडा फिल्म नचलेकोमा हुन्छ त्योभन्दा कम हुँदैन एक कलाकारका लागि पनि । यस्तै, पीडाको पोखरीमा अहिले शुशील पौडी खेलिरहेका छन्  । 
 
‘कारखाना’ र ‘सायद २’ लगातार असफल हुँदा शुशील अहिले आफ्नै करिअरलाई लिएर चिन्तित देखिएका छन् । अब शुशील पीडाको पोखरीबाट तैरिने एउटा बलियो डुंगा अर्थात् बल्कबस्टर फिल्मको खोजीमा छन् । के शुशीलको हातमा पर्ला यस्तो फिल्म ? यो त समयले नै देखाउनेछ । दुवै फिल्म असफल भएपनि उनको भूमिकालाई भने दर्शकले रुचाएका थिए । 
Most Visited News (monthly)