मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत २’ कस्तो ? अश्लेषा भन्छिन् यस्तो

फिल्मीखबर, काठमाण्डौ, 2017/07/25
वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ मा प्रदर्शनमा आएको ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ को अहिले गीतसंगीत र ट्रेलरको उतिक्कै चर्चा छ । अझ ‘प्रेमगीत’मा 'प्रेम'को भूमिका निर्वाहा गरेका नायक प्रदीप खड्का झण्डै २ वर्षपछि पर्दामा फर्किएका कारण पनि यो फिल्म अहिले प्रतिक्षित बनेको छ । ‘प्रेमगीत’ मा नायिका पूजा शर्मासँग रोमान्स गरेका नायक प्रदीप खड्का ‘प्रेमगीत २’ मा भने नव-नायिका अश्लेषा ठकुरीको प्रेममा परेका छन् । 
 
‘प्रेमगीत २’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका अश्लेषा ठकुरीले फिल्ममा आफूले निर्वाहा गरेको भूमिकालाई दर्शकहरुले रुचाउनेमा विश्वस्त रहेको बताइन् । फिल्मीखबर डटकमसँग फोनर्वार्तामा उनले भनिन्, 'नेपालमा यस्तो लभस्टोरी फिल्म निर्माण भएको छैन । सबै वर्गका दर्शकलाई लक्षित गरेर निर्माण गरिएका कारण पनि 'प्रेमगीत २' एकपटक सबैलाई हेर्न आग्रह गर्छु । बलीउड स्तरको क्यान्भास र हलीउड स्तरको फाइट भएका कारण पनि 'प्रेमगीत २' ले दर्शकहरुलाई मनोरञ्जन दिनेमा शंका छैन ।' 
 
उनले फिल्मको सबैभन्दा बलियो पक्ष प्रोडक्शन, निर्देशन र कास्टिङ रहेको पनि बताइन् । उनले अगाडि भनिन्, 'प्रेमगीत २ रिलिज भएपछि मलाई दर्शकहरुले अश्लेषा भन्दापनि 'गीत' भनेर चिन्नुहुन्छ जस्तो लाग्छ । मलाई जून भूमिका दिइएको थियो त्यसलाई न्यायपूर्वक निर्वाहा गर्न सफल भएजस्तो लाग्छ । फिल्ममा नेपाली भएरपनि मैले टुरिस्ट क्यारेक्टरको फील गराएको छु ।' उनले 'प्रेमगीत'को साख 'प्रेमगीत २' ले जोगाउनेमा विश्वस्त रहेको पनि बताइन् । 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका 'प्रेम' र म्यान्मारकी नेपाली यूवती 'गीत' बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं 'सुख दुःख'को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्माणपक्षको भनाई छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।