मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

‘बाहुबली’ बन्ने तयारी गर्दैछन् शाहरुख

एजेन्सी, मुम्बई, 2017/07/25
‘बाहुबली’ र ‘बाहुबली २’ को सफलतापछि बलीउडलाई पनि यो लाग्न थालेको छ कि यही थीममा अरु पनि फिल्म बनाउन आवश्यक छ । यस्तैमा अब एक फिल्मको तयारी पनि सुरु भएको छ र यसमा जोडिएका छन् बलीडस्टार शाहरुख खान । 
 
इन्डस्ट्रीमा चर्चा छ कि शाहरुख खान चाँडै नै आदित्य चोपडाको नयाँ फिल्मको काम सुरु गर्दैछन् । यसको पहिलो शेड्यूल डिसेम्बरमा राखिएको छ । फिल्मलाई ‘बाहुबली’बाट इन्स्पायर्ड बताइएको छ । 
 
शाहरुख खान अहिले आफ्नो नयाँ फिल्म 'जब हैरी मेट सेजल'को प्रमोशनमा व्यस्त छन् । फिल्ममा अनुष्का शर्माको पनि मुख्य भूमिका छ । रब ने बना दी जोडी र जब तक है जान फिल्मपछि अनुष्का एकपटक फेरि शाहरुखसँग देखिँदैछिन् । इम्तियाज अली 'जब हैरी मेट सेजल'का निर्देशक हुन् ।