मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अझै उत्कृष्ट फिल्म बनाउँछु : मोहन बोगटी

फिल्मीखबर, काठमाण्डौ, 2017/07/24
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मेरी कुसुम’ले नेपालमा खासै दमदार व्यापार गर्न सकेन । तर, पनि यसका निर्माता तथा मुख्य कलाकार मोहन बोगटी भने खुशी छन् । दुवईबाट नै लगानीको ९० प्रतिशत उठाएका कारण पनि उनलाई नेपालको व्यापारमा पुरा भर पर्नु परेन । यसैले, पनि नेपालबाट आउने रकमले आफू सुरक्षित रहेको उनको भनाइ छ ।
 
मोहनले भने–‘पहिलो फिल्म रिलिज होला कि नहोला भन्ने अन्यौलताका विच दर्शकले मन पराइदिनुभयो । मलाई अब, नयाँ फिल्म अझ उत्कृष्ट बनाउने हौसला मिलेको छ ।’ 
 
मोहन अगाडि भन्छन्–‘पहिलो फिल्म बनाएर मैले धेरै कुरा बुझेँ । दर्शकले दिनुभएको मायाप्रति आभारी छु ।’ ‘मेरी कुसुम’लाई एन.आर. घिमिरेले निर्देशन गरेका हुन् । सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ।  
 
दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ । प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ।