Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

जय किशनको ‘धूम २’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/07/24
विराज भट्ट, रमित ढुंगाना र जय किशन बस्नेतको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘धूम’ले केही वर्ष अगाडि नेपाली बजारमा राम्रै धूम मच्चाएको थियो । ‘धूम’ हिट फिल्मको सूचीमा सुचिकृत छ । अब ‘धूम’को नेम सिक्वेल ‘धूम २’ प्रदर्शनका लागि तयार भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ‘धूम २’ को औपचारिक रिलिज घोषणा गर्‍यो । 
 
ट्रेन्डी फिल्मस् प्रा.लि, जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘धूम २’ को रिलिज भाद्र ८ गतेलाई फाइनल गरिएको छ । जय किशन बस्नेत फिल्मका नृत्य निर्देशन, लेखक, निर्माता र निर्देशक समेत हुन् । फिल्ममा उनको मुख्य भूमिका छ । प्रदर्शन मिति घोषणा कार्यक्रममा फिल्मको ट्रेलर र दुई गीत पनि देखाइएको थियो । ट्रेलर भने युट्युबमा रिलिज भएको छ । 
 
कार्यक्रममा बोल्दै नायक जय किशन बस्नेतले फिल्म ‘धूम २’ मनोरञ्जनको खजाना रहेको बताए । उनले भने, 'धूमलाई दर्शकहरुले अत्याधिक रुचाएपछि ‘धूम २’ निर्माण गरेको हुँ । 'धूम'को सिक्वेल होइन ‘धूम २’ । फरक कथावस्तुमा हामीले ‘धूम २’ निर्माण गरेका छौं । मलाई के आश छ भने फिल्मबाट दर्शकहरुले भरपूर मनोरञ्जन पाउनेछन् ।' उनले फिल्म 'धूम'भन्दा पनि ‘धूम २’ उत्कृष्ट बनेको दावी गरे । 
 
 
फिल्मका जय किशनको अलावा सृजना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, संजोग राणा, शोभित बस्नेत, उत्तम केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्ममा एन.बि. महर्जनको द्धन्द्ध, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन र तारा थापा किम्मेको सम्पादन रहेको छ । फिल्मका कार्यकारी निर्माता मदन ताम्राकार हुन् भने विपन खत्री सह-निर्माता हुन् । 
 
फिल्मलाई शुभकामना दिन उपस्थित भएका जय किशनका भाई तथा निर्देशक शोभित बस्नेतले आफूले सुटिङ सेटमा दुःख दिएका कारण ‘धूम २’ राम्रो बनेको बताए । फिल्मलाई शुभकामना दिन ‘धूम २’ का कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी पनि उपस्थित थिए । 
Most Visited News (monthly)