Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘छक्का पन्जा २’ गीतबाट उब्जिएका तीन प्रश्न

मनिष अन्जान, काठमाण्डौ, 2017/07/24
असोज ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भैसकेको छ । केहीदिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच फिल्मको 'ए दाजु नसमाउ न नाडीमा' बोलको ट्राभल्स सङ सार्वजनिक गरिएको थियो । अहिले यो गीत चोरीको आरोप पनि खुबै लागिरहेको छ । युट्युबमा रिलिजको तीन दिनमा १६ लाखभन्दा बढीले हेरिसकेको गीतबाट अहिले दर्शकहरुको मनमा केही प्रश्नहरु पनि उब्जिरहेका छन् । 
 
दीपाश्री निरौलाले दोस्रो पटक निर्देशन गरेको फिल्म ‘छक्का पन्जा २’ को पहिलो गीतमा स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल र वर्षा राउत फिचरिङ छन् । यो गीतबाट दर्शकको मनमा उब्जिएका तीन प्रश्नको विषयमा आज हामी कुरा गर्दैछौं । 
 
 
१. 'छक्का पञ्जा’मा नदेखिएको एक जोडी फिल्म ‘छक्का पन्जा २’ मा देखिँदैछ । त्यो जोडी हो  स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकाल । यो फिल्ममा उनीहरु प्रेमजोडीको भूमिकामा प्रस्तुत भएको हालै सार्वजनिक गीतबाट नै स्पष्ट हुन्छ । तर, केही महिनादेखि एउटा खबर बाहिर आइरहेको छ कि फिल्ममा नायिका स्वस्तिमा खड्का नायिका प्रियंका कार्कीकी छोरीको भूमिकामा छिन् । ‘छक्का पञ्जा’मा दीपकराज गिरीलाई धोका दिएर प्रियंकाले शिवहरी पौडेलसँग विवाह गरेकी हुन्छिन् । 
 
‘छक्का पन्जा २’ मा शिवहरी पौडेल र प्रियंकाको छोरीको भूमिका स्वस्तिमाले निर्वाहा गरेको भए दीपकराज गिरीको छोरा के स्वरुपपुरुष ढकाल हुन् ? ‘छक्का पञ्जा’को अन्त्यमा नायिका वर्षा राउतले बच्चालाई जन्मदिएकी हुन्छिन्, जून दीपकराज गिरीको सन्तान हुन्छन् । वर्षा र दीपकराज गिरीका छोरा स्वरुपपुरुष र प्रियंका र शिवहरी पौडेलकी छोरी स्वस्तिमा भए उनीहरुको मिलन कसरि संभव छ ? अहिले यो प्रश्नले दर्शकको मनमा डेरा जमाएको छ  
 
 
२. 'ए दाजु नसमाउ न नाडीमा'मा बोलको गीतमा  स्वस्तिमाको जोडी स्वरुपपुरुष ढकाल र जितु नेपालको जोडीमा वर्षा राउत देखिएकी छिन् । 'छक्का पञ्जा'को अन्तिममा वर्षालाई श्रीमतिको रुपमा दीपकराज गिरीले स्वीकार गरेका हुन्छन् भने जितुको जोडीमा नम्रता सापकोटा प्रस्तुत भएकी थिइन् । तर, कसरि 'छक्का पञ्जा २' मा वर्षा जितुको जोडी कसरि बनिन् ? यो प्रश्नले पनि दर्शक रनभूलमा परेका छन् । 
 
 
३. सार्वजनिक 'ए दाजु नसमाउ न नाडीमा' बोलको गीतको अन्तिममा दीपकराज गिरी सरकारी नम्बर प्लेटको बाईकमा हुइकिएका छन् । जबकी 'छक्का पञ्जा'मा उनले एक गाउँको भनाड्य परिवारको छोरा अर्थात् 'राजा'को भूमिका निर्वाहा गरेका थिए । के त्यसो भए दीपकराज गिरीलाई 'छक्का पञ्जा २' मा सहकारी कर्मचारीको भूमिकामा देख्न सकिन्छ ? 'ए दाजु नसमाउ न नाडीमा' बोलको गीत सार्वजनिक भएसँगै अहिले दर्शकहरुको मनमा यी तीन प्रश्नहरु खेलिरहेका छन् । अब यी सबै प्रश्नको उत्तर त असोज ११ गते नै थाहा हुनेछ । 

Most Visited News (monthly)