
शनिवार राजधानीमा आयोजित ‘माईती तीज मेला २०७४’मा ‘धुर्मुस-सुन्तली’ फाउण्डेशनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । ‘धुर्मुस-सुन्तली’ फाउण्डेशनको नयाँ परियोजना नमुना नेपाल निर्माणका लागि भन्दै आयोजक संस्था ललित बहुउद्येश्यीय सहकारी संस्थाले उक्त सहयोग हस्तान्तरण गरेको हो । यसअघि यो संस्थाले ‘धुर्मुस-सुन्तली’ उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरेलाई ‘आदर्श जोडी सम्मान’ले सम्मान गरेको थियो ।
प्रत्येक बर्ष विभिन्न शिर्षकमा सम्मान प्रदान गर्दै आईरहेको ललित बहुउद्येश्यीय सहकारी संस्थाले यस वर्ष पनि नायिका केकी अधिकारीलाई सम्मान गरेको छ । यस्तै, संस्थाले चर्चित सांगीतिक जोडी उदय सोताङ्ग र मनिला सोताङ्गलाई वर्षको ‘आदर्श जोडी सम्मान’ ले सम्मानित गर्यो ।
संस्थाले आयोजना गरेको ‘माईती तीज मेला २०७४’ तीज विशेष कार्यक्रममा विशेष सम्मानको रुपमा ब्युटिसियन तथा वरिष्ट सौन्दर्य विद कमला श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा दिपाश्री निरौला, केकी अधिकारी, लक्ष्मि गिरी, सिताराम कट्टेल, कुन्जना घिमिरे, रितु कँडेल, स्वस्तिमा खड्का लगायतको उपस्थिती रहेको थियो ।

