Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘म पूरै दुनियाँमा राज गर्न चाहन्छु’ : प्रियंका

एजेन्सी, मुम्बई, 2017/07/24
बलीउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो नयाँ हलीउड फिल्मको काममा व्यस्त छिन् । प्रियंका गायन र अभिनयमा मात्र सिमित हुन चाहन्नन्, यसै कारण उनले अहिले आमा मधु चोपडासँग पर्पल पेबल पिक्चर्स प्रोडक्शन हाउस सञ्चालन गरिरहेकी छिन् । यही होम प्रोडक्शनको ब्यानरमा बनेको मराठी फिल्म ‘भेन्टीलेटर’ ले राष्ट्र पुरस्कार समेत जितिसकेको छ । चाँडै प्रियंका मराठी कमेडी फिल्म ‘काय रे रास्कला’ लिएर आउँदैछिन् । 
 
प्रियंकाले भनिन्,'पर्पल पेबल पिक्चर्स प्रोडक्शन हाउस सुरु गर्नुको पछाडि मेरो एउटा लक्ष्य के थियो भने जो व्यक्ति ट्यालेन्टेड छन् तर अवसर पाइरहेका छैनन् उनीहरुका लागि मौका दिन सकुँ । मेरो योजना के छ भने हरेक भाषामा फिल्म बनाउँ र सबै ट्यालेन्टेड व्यक्तिलाई अवसर दिउँ । चाहे त्यो डाइरेक्टर होस, सिंगर होस वा कोरियाग्राफर नै किन नहोस ।'
 
'म जब मिस वर्ल्ड बनेर आएकी थिएँ त्यसपछि मलाई फिल्ममा काम गर्न निकै मुश्किल भयो किनकी मैले चिनेको कोहिँ पनि व्यक्ति फिल्म इन्डष्ट्रीमा थिएनन् । तबदेखि मेरो मनमा यो थियो कि म यस्तो प्रोडक्शन हाउस सुरु गरुँ कि जसबाट नयाँ र प्रतिभावान व्यक्तिहरुलाई मौका दिन सकुँ ।', उनले भनिन् । 
Most Visited News (monthly)