Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुद्रप्रिया’ पोस्टरमा किन मौन रेखा र आर्यन ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/24
झण्डै ८ वर्षपछि एकसाथ स्क्रिन शेयर गर्न लागेका नायक आर्यन सिग्देल र नायिका रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को फस्टलुक पोस्टर रिलिज भएको छ । नायिका रेखा थापाले आफ्नो आधिकारीक फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेकी हुन् । 
 
सार्वजनिक तीन पोस्टरमा आर्यन र रेखा मात्र फिचरिङ छन् । पोस्टरमा आर्यन र रेखाको मौनताले अनेकौं प्रश्न उब्जाउन सक्छ । आफ्ना अधिकांश फिल्मका पोस्टरमा एक्सन अवतारमा देखिएकी नायिका रेखा ‘रुद्रप्रिया’को पोस्टरमा भने विल्कुलै फरक अन्दाजमा प्रस्तुत भएकी छिन् । 
 
‘रुद्रप्रिया’ का निर्देशक ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् । सरस्वती थापा निर्माता रहेको फिल्म ‘रुद्रप्रिया’ का कार्यकारी निर्माता रमेश पौडेल हुन् । रमेशलाई लगानीमा रेखाले पनि साथ दिएकी छिन् । फिल्मका सिनेम्याट्रोग्राफर सञ्जय लामा हुन् । 
 
फिल्मको रिलिज कार्तिक २ गते लक्ष्मी पुजालाई लक गरिएको छ । फिल्मका गीतमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।  
Most Visited News (monthly)