मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘आउँदै जाँदै’ घोषणा, श्रीमान् निर्देशक श्रीमति निर्माता

फिल्मीखबर, काठमाण्डौ, 2017/07/23
दुई दशकदेखि सञ्चारक्षेत्रमा आफ्नो आवाजले छुट्टै पहिचान बनाउन सफल मिडिया पर्सनालिटी जी.पी तिमल्सेनाले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका छन् । उनको निर्देशनमा निर्माण हुन लागेको ‘आउँदै जाँदै’ नामक फिल्मको घोषणा गरिएको छ । 
 
आइतवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उषा खड्गीले फिल्मलाई निर्माण गर्नेछिन् । उषा निर्देशक जी.पीकी श्रीमति हुन् । तिहारपछि फ्लोरमा जाने फिल्मका लागि अहिलेसम्म मुख्य कलाकार फाइनल भएका छैनन् ।
 
कार्यक्रममा बोल्दै निर्देशक तिमल्सेनाले भने, ‘केही कलाकारहरुसँग कुरा भैरहेको छ । सायद केही दिन भित्रमा नै मुख्य कलाकार फाइनल गर्नेछौं । युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम र टाढा हुनुको पीडालाई फिल्ममा देखाउने छौं । अन्य फिल्महरुभन्दा फरक बनाउँछौं त भन्दैनौं तर दर्शकहरुलाई मनोरञ्जनसँगै सन्देश दिने प्रयास भने गर्नेछौं ।’ उनका अनुसार, फिल्म रोमान्टिक कमेडी जनरामा निर्माण हुनेछ । 
 
 
सामिप्यराज तिमल्सेना र प्रज्ञान थापाले फिल्मको कथा लेखेका हुन् । चितवन, काठमाडौं लगायतका स्थानमा खिचिने फिल्मको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि हुनेछ । वसन्त अधिकारी फिल्मका मुख्य सहायक निर्देशक हुन् ।
 
१ करोड निर्माण बजेट छुट्याइएको फिल्ममा उषाका अलावा सन्तोष अधिकारी र मनोज श्रेष्ठ भडेलको पनि लगानी रहेको छ । कौशल्या फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।