Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी र विल्सनको व्यवसाय सुरु गर्ने सोच

फिल्मीखबर, काठमाण्डौ, 2017/07/23
हास्यकलाकार विल्सन विक्रम राई र नायिका केकी अधिकारीले संयूक्त रुपमा शनिवार ललितपुरको कुमारी पार्टीमा संचालनमा आएको ‘फेमिली स्टोर’ उद्घाटन गरेका छन् । कलाकारितासँगै व्यापार-व्यवसायतर्फ पनि रुची देखाएका विल्सन र केकीले उद्घाटन गरेको ‘फेमिली स्टोर’मा एउटा परिवारका लागि आवश्यक पर्ने सबै सामग्री उपलब्ध रहेको संचालकले बताएका छन् । 
 
फेमिली स्टोर गएको वर्ष भ्यालेन्टाइन डेबाट काठमाण्डौको भिमसेन गोलामा पनि संचालनमा आएको थियो । राजेन्द्र लिङ्दिनेको लगानीमा संचालनमा आएको यो स्टोरमा बच्चाहरुका लागि विशेष खेलौना तथा सामानहरु उपलब्ध रहेको छ ।
 
‘फेमिली स्टोर’ उद्घाटन गर्दै कलाकार तथा निर्माता विल्सनले आफूलाई पनि व्यवसाय संचालन गर्न मन लागेको सुनाए । विल्सनले निर्माण गरेको फिल्म ‘रातो घर’ गएको महिना प्रदर्शनमा आएको थियो । यस्तै, नायिका अधिकारीले पनि होटल व्यवसाय संचालन गर्ने इच्छा भएको बताइन् । 
Most Visited News (monthly)