मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर-२’ ट्रेलरको किर्तिमानी

फिल्मीखबर, काठमाण्डौ, 2017/07/23
शुक्रवार साँझ ८ बजे सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलरले युट्युबमा किर्तिमानी 'भ्यू' पाएको छ । ईन्टरनेट रिलिजको २४ घण्टामा ट्रेलरलाई साढे ५ लाखभन्दा बढि पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म भने ट्रेलरलाई ६ लाख ३० हजारभन्दा बढीले हेरिसकेका छन् । अहिले फिल्मको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङ २ नम्बरमा छ । 
 
अहिलेसम्म युट्युबमा सर्वाधिक हेरिएको फिल्मको ट्रेलरमा ‘लुट २’ ले रेकर्ड बनाएको थियो । ‘लुट २’ को ट्रेलरलाई २४ घण्टामा तीन लाख पचहत्तर हजारले हेरेका थिए । तर, ‘ए मेरो हजुर २’ को ट्रेलरलाई २४ घण्टामा पाँच लाखभन्दा बढीले हेरेपछि ‘लुट २’ को रेकर्ड तोडिएको छ । 
 
फिल्म ‘ए मेरो हजुर २’को ट्रेलरलाई दर्शकहरुले युट्युब निकै रुचाएका छन् । ट्रेलरमा सबैभदा बढी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-नायक सलिनमान बानियाँको जोडीले तारिफ पाएको छ । ट्रेलरले विशेषत साम्राज्ञी र सलिनमान बिचको प्रेम र विछोडको कथा बोल्छ । भदौ १६ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । 
 
बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।