Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

बलीउडमा अनमोलको चर्चा

फिल्मीखबर, काठमाण्डौ, 2017/07/23
गएको वर्ष एक भारतीय मिडियाले नेपाली नायिका तथा मोडल अर्चना पनेरुलाई बलीउड नायिका सनी लियोनीसँग दाज्दै एक समाचार प्रकाशन गरेको थियो । यो खबरले बलीउड खुबै तातेको थियो । फेरि एक भारतीय मिडियाले नायक अनमोल केसीको विषयमा एक मसलेदार समाचार प्रकाशन गरेको छ ।
 
भारतको चर्चित अनलाइन न्यूज पोर्टल 'अमरउजाला'ले 'मिलिए नेपाल के सुपरस्टार से जिसकी हर फिल्म होती है ब्लॉकबस्टर, लेता है मोटी फीस' शिर्षक राख्दै समाचार प्रकाशन गरेको छ । 
 
समाचारमा अनमोलको खुबै तारिफ गरिएको छ । सन् २०१३ मा फिल्ममा डेब्यू गरेका अनमोलका प्रत्येक फिल्म बल्कबस्टर हुने गरेको र ८ लाख देखि २० लाखसम्म पारिश्रमिक लिने गरेको समाचारमा उल्लेख छ । अनमोलले फिल्म 'गाजलु'मा ८ लाख र हाल छायांकन भैरहेको 'कृ' का लागि २० लाख पारिश्रमिकमा फिल्म साइन गरेका थिए ।
 
 
समाचारमा लेखिएको छ, 'अनमोल केसी नेपालका चर्चित नायक भुवन केसीका छोरा हुन् । सानैदेखि म्यूजिकमा उनको रुची थियो र उनले एक म्यूजिक ब्यान्ड पनि खोलका थिए तर ब्यान्ड धेरै दिनसम्म टिक्न सकेन ।'   
 
सानो भनिएको नेपाली फिल्म इन्डष्ट्रीका कलाकारहरुको विषयमा भारतीय मिडियाले विशेष चोसोका साथ समाचार प्रकाशन गर्नु सुखद कुरा हो । के थाहा यो समाचारले अनमोलको डिमान्ड बलीउड फिल्ममा पनि हुन सक्छ कि ? 
Most Visited News (monthly)