मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत २’ कन्सर्ट : प्रदीपलाई हेर्न उर्लियो भिड

फिल्मीखबर, काठमाण्डौ, 2017/07/23
प्रतिक्षाको घडि सकिनै लागेको छ किनभने अब मात्र ५ दिन बाँकी छ वर्षको प्रतिक्षित फिल्म 'प्रेमगीत २' रिलिज हुन । गीतसंगीत र ट्रेलरबाटै प्रतिक्षित बनेको फिल्म 'प्रेमगीत २' को प्रचार प्रसार पनि उतिक्कै आक्रामक छ । केही दिन अगाडि मोफसलका विभिन्न जिल्लाहरुमा सांगीतिक कन्सर्ट सकाएको निर्माण पक्षले शुक्रवार र शनिवार उपत्यकामा पनि कन्सर्ट गर्‍यो । 
 
ललितपुर लगनखेल र भक्तपुर सूर्यविनायक, कितिपुर खेल मैदान, पशुपतिनाथ गौशला र नयाँ बसपार्कमा आयोजना गरिएको कन्सर्टमा सयौं दर्शकहरु 'प्रेमगीत २' सँगै झुमे । कलाकार र गायकले अबेर बेलुकासम्म सांगीतिक प्रस्तुति दिए र भीडलाई जुरुक जुरुक पारे । 
 
प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेनसहितका कलाकारले दर्शकलाई साउन १३ गते नजिकको हलमा फिल्म हेर्न आग्रह गरे । अभिनेता प्रदीप खड्कालाई घेरेर आफ्नो क्यामेरामा तश्वीर कैद गर्न चाहनेहरु युवा यूवतीहरुको भिड लोभलाग्दो थियो । उनको एक झल्को हेर्न पनि सयौं दर्शकहरुले घन्टौं कुरेका थिए । ‘यो दर्शकीय मायाले फिल्मप्रति झनै आशावादी हुन मद्दत मिलेको छ’ खड्काले भने, ‘बल्ल हामी वास्तविक दर्शकसामु पुग्न सक्छौं भन्ने लागेको छ ।’ 
 
 
'उपत्यकामा आयोजना गरिएको कन्सर्टबाट दर्शकको साथले निकै उत्साहित भएका छौं', निर्माता सन्तोष सेनले भने, 'हलमा पनि शुक्रवारबाट दर्शकहरुको भिड लाग्नेमा ढुक्क छु ।' फिल्ममा सेनको पनि मुख्य भूमिका छ । 'प्रेमगीत' निर्माण गरेर सफलताको स्वाद चाखेका निर्माता सेन 'प्रेमगीत २' बाट पनि सफलता मिल्नेमा विश्वस्त देखिन्छिन् । 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।