मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ साम्राज्ञी र सलिनमानको जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/22
 
अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी सर्वाधिक व्यस्त नायिका हुन् । ‘ड्रिम्स’बाट उत्कृष्ट नव-नायिकाको अवार्डमा ह्याट्रिक मारेकी साम्राज्ञी अहिले ‘इन्टु मिन्टु लण्डनमा’ नामक फिल्मको काममा व्यस्त छिन् । ‘ड्रिम्स’पछि उनी अभिनित कुनै पनि फिल्म हलमा लागेका छैनन् । 
 
 
‘ड्रिम्स’पछि झण्डै २ वर्ष रिजर्भ बसेकी साम्राज्ञीको यस वर्ष तीन फिल्म रिलिज हुँदैछन् । भाद्र ८ गते ‘तिमीसँग’, भाद्र १६ गते ‘ए मेरो हजुर-२’ र असोज ११ गते ‘मंगलम’ । ‘मंगलम’मा भने उनको गेस्ट रोल छ । २ वर्षसम्म पर्दामा नदेखिएकी साम्राज्ञीलाई आगामी भाद्रमा एकहप्ताको अन्तरमा दर्शकहरुले ठूलो पर्दामा देख्दैछन् । साम्राज्ञी अभिनित यस वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । 
 
 
ट्रेलरमा सार्वजनिक कार्यक्रममा झण्डै २ घण्टा ढिलो पुगेकी साम्राज्ञी कालो पहिरनमा खुबै खुलेकी थिइन् । यो फिल्ममा साम्राज्ञीसँग रोमान्स गरेका छन् नव-नायक सलिनमान बानियाँले । सलिनमान यही फिल्मबाट नेपाली रजतपटमा भित्रिएका हुन् । परिक्षा सकाएर ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका सलिमान पनि आकर्षक पहिरनमा उपस्थित थिए । 
 
 
‘ए मेरो हजुर-२’ को सार्वजनिक ट्रेलरले सलिनमान र साम्राज्ञी बिचको प्रेम र बिछोडको कथा बोल्छ । फिल्ममा सलिन र साम्राज्ञीको केमेष्ट्री गज्जबकै देखिन्छ । ‘ए मेरो हजुर-२’ को कसम हो बोलको गीतबाटै सलिनमान युवापुस्तामाझ परिचित अनुहार बनिसकेका छन् । ट्रेलरमा उनले गरेको कामको पनि अहिले तारिफ भैरहेको छ । 
 
 
झरना थापाले फिल्म निर्देशनमा डेब्यू गरेको ‘ए मेरो हजुर-२’ मा सलिन र साम्राज्ञीका अलावा सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।  
 
 
तश्वीर : विवेक बस्याल