‘बाहुबली-२’ मा कुमार वर्माको भूमिका निर्वाहा गरेका साउथ इन्डियन एक्टर पी सुब्बराजू हालैमा ड्रग्स र्याकेटमा फसेको खबर बाहिर आएको छ । केही दिन अगाडि नै पी सुब्बराजूको विपक्षमा नोटिस जारी गरिएको थियो ।
अब खबर यो आइरहेको छ कि पी सुब्बाराजूलाई ड्रग्स र्याकेटको मामलामा विशेष जाँच टीम एसआइटीको समक्ष पेश गरिएको थियो । एसआइटीले यो मामलामा उनीसँग केही प्रश्नहरु गरेको थियो ।
यो मामलामा गिरफ्तार भएका ड्रग सेलरको सम्बन्धमा सुब्बराजूका अलावा रवि तेजा, नवदीप, तरुण, र नन्दू जस्ता एक्टर्स, सिनेमेटोग्राफर श्याम के नायडू र नृत्य निर्देशक चिन्नोसँग पनि सोधपुछ गरिदैछ ।