Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

रमेश उप्रेतीले मागे निर्मातासँग माफी

फिल्मीखबर, काठमाण्डौ, 2017/07/22
नेपाली फिल्ममा कुनै बेला हालिमुहाली गरेका नायक रमेश उप्रेती अमेरिका पुगेपछि हराए । रमेश हराएसँगै उनको चर्चा पनि सेलायो । तर, करिब ९ बर्ष अमेरिका बसेर फर्किएका रमेश निर्मल शर्माले निर्देशन गरेको फिल्म ‘ब्रासलेट’मार्फत कमब्याक गरे । तर, यो फिल्मले कमाल गरेन । 
 
कमब्याक फिल्म नै असफल भएपछि केही निराश देखिएका रमेश उप्रेतीले पहिलो पटक फिल्म निर्माणमा हात हालेका छन् । एकसमय निर्मातालाई सताउने नायक भनेर समेत चिनिएका रमेश उप्रेतीले निर्माण र अभिनय गरेको फिल्म ‘ऐश्वर्य’ कात्तिक १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
शुक्रवार झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर-२’ लाई शुभकामना दिन उपस्थित भएका नायक रमेश उप्रेतीले फिल्म ‘ऐश्वर्य’ निर्माण गर्दाको दुःख सम्झिए । उनले भने, ‘पहिला मलाई निर्माता, सिनेकर्मी, सिनेमेकर हुन खासै त्यति गाह्रो काम लाग्दैन थियो जब मैले ‘ऐश्वर्य’ फिल्मको सुरुवात गरेँ त्यसपछि थाहा भयो फिल्म बनाउन कति गाह्रो हुन्छ । मलाई पहिला निर्मातालाई दुःख दिने हिरो भन्थे तर मैँले योभन्दा अगाडि नै फिल्म बनाएको भए धेरै निर्माताले सुख पाउँथे होला । मैँले ढिलो गरेछु फिल्म निर्माण गर्न । ढिलो भएपनि ममा सतवुद्धि आएको छ ।’ 
 
उनले अगाडि थप्दै भने, ‘मैँले निकै गाह्रोको साथ ‘ऐश्वर्य’ बनाएँ । गएका दिनहरुमा अन्जानमा जतिपनि निर्माताहरुलाई मैँले दुःख दिएँ ति सबैसँग माफी माग्न चाहन्छु किनभने फिल्म बनाउन ज्यादै गाह्रो हुँदो रै'छ भन्ने मैँले बल्ल बुझेँ ।’ ‘आफू नमरी स्वर्ग देखिन्न’ भने झैँ अहिले रमेश उप्रेतीले निर्माता बन्दाको दुःख मज्जलै भोगेको उनका यी भनाईबाट नै स्पष्ट हुन्छ । आश गरौं, आगामी फिल्महरुमा रमेश उप्रेतीले निर्मातालाई दुःख दिएको भन्ने खबर सुन्न नपाइएला कि ?
Most Visited News (monthly)