Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

‘म यस्तो गीत गाउँछु’ले कति कमायो एक हप्तामा ?

मनिष अन्जान, काठमाण्डौ, 2017/07/21
गएको शुक्रवार प्रदर्शनमा आएको यस वर्षको हिट फिल्म ‘म यस्तो गीत गाउँछु’ले आजबाट दोस्रो हप्तामा आफ्नो प्रदर्शन सुरु गरेको छ । प्रदर्शनको दुईदिनमा १ करोड ८० लाख ग्रस विजनेश गरेको फिल्मले अहिले सिंगल र मल्टिप्लेक्स सबैतिर हाउसफूल विजनेश गरिरहेको छ । दोस्रो हप्ताको पहिलो दिन शुक्रवार पनि राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्स र सिंगल हलहरु हाउसफूल छन् । 
 
राजधानी भित्र फिल्म वितरणको जिम्मा लिएका गोपाल कायस्थले ‘म यस्तो गीत गाउँछु’ले एक हप्तामा ३ करोड ६ हजारको विजनेश गरेको जानकारी दिए । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै उनले भने, 'एक हप्तामा फिल्मको विजनेश निकै राम्रो छ । फिल्म हेर्ने दर्शकहरु दिन प्रतिदिन बढ्दै गएका छन् । मल्टिप्लेक्स होस वा सिंगल सबैतिर पहिलो हप्ता फिल्म हाउसफूल थियो । दोस्रो हप्ताको शुक्रवार पनि फिल्मले राम्रो विजनेश गरेको जानकारी पाएको छु ।' 
 
यस्तै, राजधानी बाहिर फिल्म वितरणको जिम्मा लिएका मनोज राठीले एक हप्तामा ‘म यस्तो गीत गाउँछु’ले १ करोड ७५ लाखको विजनेश गरेको बताए । उनले भने, 'राजधानी बाहिरबाट एक हप्तामा फिल्मले १ करोड ७५ लाखको विजनेश गरेको छ । दोस्रो हप्ताको पहिलो दिन शुक्रवार पनि मोफसलका अधिकांश हलहरु हाउसफूल छन् । शनिवारबाट मोफसलका सबै हलहरुमा फिल्म रिलिज हुँदैछ ।' फिल्म ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको दिन राजधानी भित्र र बाहिर गरि ५५ र तेस्रो दिन ६४ भन्दा बढी हल पाएको थियो । 
 
 
राजधानी भित्र र बाहिर फिल्म वितरणको जिम्मा लिएका वितरकको व्यापारिक रिपोर्टका अनुसार, फिल्म ‘म यस्तो गीत गाउँछु’ले एक हप्तामा कूल ४ करोड ८१ लाखको विजनेश गरेको छ । यसबाट फिल्मका निर्माताले ३५ प्रतिशत मात्र शेयर पाउँछन् । अर्थात्, ‘म यस्तो गीत गाउँछु’का निर्माताले एक हप्तामा १ करोड ६८ लाख ३५ हजार खल्तीमा हाल्न सफल भएका छन् । 
 
फिल्म सफल भएको खुशीयाली साट्न मोफसल दौडाहामा रहेका निर्देशक सुदर्शन थापाले भने, 'भोली शनिवारबाट राजधानी भित्र र बाहिरका सबै हलहरुमा फिल्म लाग्दैछ । व्यापार कति भयो भन्दापनि दर्शकहरुले फिल्म रुचाइदिनुभएको छ । योभन्दा ठूलो कमाई हाम्रो लागि केहीपनि होइन ।'
 
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 
 
सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।
Most Visited News (monthly)