Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चल्ला ‘मेरी कुसुम’ र ‘डा. खाते’ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/21
गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले अधिकांश हल कब्जा गरिरहेको अवस्थामा आज शुक्रवारबाट नयाँ दुई नेपाली फिल्मले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । आजबाट प्रदर्शनमा आएका दुई फिल्म हुन् ‘मेरी कुसुम’ र ‘डा. खाते’ । विना प्रचार प्रदर्शनमा उत्रिएका यी दुई फिल्मलाई दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ भारी पर्ने लगभग निश्चित छ । 
 
आज शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ले मोफसलमा गएको हप्ताको संख्यामा केही बढी हल पाएको छ भने ‘सायद २’ पनि दर्जन बढी हलमा प्रदर्शन भैरहेको छ । ‘सायद २’ को तुलनामा फिल्म ‘म यस्तो गीत गाउँछु’को व्यापार उच्च छ । यसले ‘मेरी कुसुम’ र ‘डा. खाते’को व्यापारमा ठूलो असर पार्ने नेपाली फिल्मकर्मीहरुको अनुमान छ ।
 
सडक बालबालिका, घरेलु श्रमिक बालहिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको फिल्म ‘डा. खाते’ मा रोशनी केसी, सम्राट सापकोटा, शिल्पा पोखरेल, कुमार गजुरेल, अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
 
जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको फिल्ममा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ । रवि अर्याल निर्देशित फिल्मलाई रोशनी केसीले निर्माण गरेकी हुन । फिल्मलाई रवि अर्यालले निर्देशन गरेका हुन् । 
 
यस्तै, ‘डा. खाते’सँग एकसाथ प्रदर्शनमा आएको अर्को फिल्म ‘मेरी कुसुम’लाई एन.आर. घिमिरेले निर्देशन गरेका हुन् । सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ। 
 
दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ । प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ। दुवईका विभिन्न शहरहरुमा प्रदर्शन पश्चात यो फिल्म नेपालमा प्रदर्शन हुन लागेको हो ।  
 
Most Visited News (monthly)