मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन पत्नीका पति हुन् पवन कल्याण

एजेन्सी, मुम्बई, 2017/07/21
पवन कल्याण अभिनेता ,प्रोड्यूस, डायरेक्टर, स्क्रीनराइटर, राइटर, र पोलिटिशियन हुन्, जो साउथको फिल्ममा निकै चर्चित छन् र उनले कयौं तुलुगू फिल्ममा पनि काम गरेका छन् । उनको पूरा नाम कोनिदेले कल्याण बाबू हो । उनको जन्म २ सेप्टेम्बर १९७१ मा बापतलाको आन्ध्र प्रदेशमा भएको थियो । पवन कल्याणले फिल्मी करिअरको साथ साथ राजनीतिमा पनि आफ्नो पाइला अगाडि बढाइसकेका छन् ।  उनी २०१४ मा जन सेना पार्टीबाट राजनीतिमा होमिएका हुन्  
 
उनी सन् २०१४ कै बेला गूगलमा सबैभन्दा बढी सर्च गर्ने सेलिब्रिटी पोलिटिशियन पनि बनेका थिए । योसँगै उनको फिल्मी करिअरको कुरा गर्ने हो भने उनले अभिनयको सुरुवात तेलुगू फिल्म “अककडा अम्माई इककडा अब्बाई” बाट गरेका थिए । 
 
यदि उनकी पर्सनल लाइफको कुरा गर्ने हो भने उनी साउथका सुपरस्टार तथा पोलिटिशियन चिरञ्जीवीका कान्छा भाई हुन । उनले अहिलेसम्म तीन विवाह गरिसकेका छन् । पवन कल्याणको पहिलो विवाह नन्दिनीसँग भएको थियो । यो सम्बन्ध १९९७ देखि २००७ सम्म चलेको थियो । दोस्रो विवाह रेणु देसाईसँग भयो र यो विवाह २००७ देखि २०१२ सम्म मात्र टिक्यो । रेणुका र पवनका दुई बच्चा छन् । यस्तै, तेस्रो विवाह अन्ना लेजहनेवासँग भएका थियो । उनले अन्नासँग २०१३ मा विवाह गरेका हुन् । 
 
फिल्म “अककडा अम्माई इककडा अब्बाई” पछि उनले “गोकुलामलो सीथा, सुस्वागतम , थम्मूदू, बद्री , खुशी, जलसा, गब्बर सिंह जस्ता दर्जनौ हिट फिल्म दिएका छन् । उनको “अत्तरिन्तिकि दारिदी”  तेलगुमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो । 
उनको अहिलेसम्मको कमाई १८५ मिलियन हो । उनको आफ्नै प्रोडक्शन हाउस पनि छ, जसको नाम अन्जना प्रोड्यूक्शन्स र पवन कल्याण क्रिएटिभ वर्क्स हो । पवन कल्याणका फिल्महरु नेपाली दर्शकहरुले पनि निकै निकै रुचाउने गर्छन् । अहिले उनी अभिनित नयाँ फिल्म 'कटमरायुडू' नेपालको युट्युब ट्रेन्डिङ ३ नम्बरमा छ । यो फिल्ममा पवन र श्रृति हसनको मुख्य भूमिका छ ।