मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘छक्का पन्जा २’ को गीत रिलिज, जितुको जोडी वर्षा

फिल्मीखबर, काठमाण्डौ, 2017/07/21
असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म 'छक्का पन्जा'को सक्वेल ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । 'ए दाजु नसमाउ न नाडीमा' बोलको ट्राभल्स सङमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल र वर्षा राउत फिचरिङ छन् । 
 
गीतमा स्वस्तिमाको जोडी स्वरुपपुरुष ढकाल र जितु नेपालको जोडीमा वर्षा राउत देखिएकी छिन् । केदार घिमिरेको जोडीलाई भने गीतमा देखाइएको छैन । यो फिल्मलाई दोस्रो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । 
 
प्रिन्स र दीपकराज गिरीले लेखेको गीतमा अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ । गीत गाउँदै कलाकार जीतु नेपाल, केदार घिमिरे (माग्नेबुढा), वर्षा राउत, स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकाल पोखरा–बाग्लुङ राजमार्गमा डिजेल गाडीमा हुइकिएका छन् । गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । 
 
फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।
 
यस्तै, गीत सार्वजनिक कार्यक्रममा काभ्रे पलाञ्चोकको पनौतिस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई दीपकराज गिरी र दीपाश्री निरौलाले एम्बुलेन्स हस्तान्तरण गरे । फिल्म 'छक्का पन्जा' सुपरहिट भएपछि दीपक र दीपाले सुटिङ गरिएको पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए ।
 
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । 
 
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।