Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सायद २’ निर्माता माथि नायिका स्यारोनको यस्तो आरोप

फिल्मीखबर, काठमाण्डौ, 2017/07/20
भोली शुक्रवारबाट फिल्म ‘सायद २’ दोस्रो हप्तामा प्रदर्शन हुँदैछ । प्रदर्शनको दिनदेखि कमजोर व्यापार गरिरहेपनि फिल्मलाई भने दर्शकहरुले निकै रुचाएका छन् । फिल्मले सफलता हात नपारेको स्वीकार गर्दै निर्माता सुनिल रावलले केहीदिन अगाडि फेसबुक लाइभमार्फत दुर्गिस फिल्मसको ब्यानरबाट निर्माण हुने नयाँ फिल्ममा नयाँ कलाकार नलिने समेत घोषणा गरेका थिए । यी लगायतका धेरै कुराहरुले केही दिनदेखि मिडियामा आइरहेका छन् । 
 
हालैमा फिल्मकी नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल माथि केही आरोपहरु लगाएकी छिन् । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै उनले भनिन्, 'मलाई निर्माता रावलले बारम्बार सुटिङ सेटमा आफ्नो प्रेमीका बने एयरहोस्टेस समेत बनाइदिने भन्नुभएको थियो । उहाँको बानीले गर्दा एकपटक मैले फिल्मको सुटिङ सेट समेत छाड्न लागेकी थिएँ । मैले यो कुरालाई गम्भीर रुपमा लिएपछि उहाँले मजाक गरेको भनेर उडाउनुभयो । म यो कुराबाट निकै दुःखी भएकी थिएँ ।'
 
'एक अन्तर्वार्तामा निर्माता रावलले मलाई करोडमा मस्ती गरेर गयो भन्ने आरोप लगाउनु भएको रहेछ । त्यो उहाँले गलत जानकारी दिनुभएको हो । उहाँ जस्तो वुद्धिमानी मान्छेले किन यस्तो कुरा गर्नुभयो मलाई अचम्म लागिरहेको छ । उहाँले मसँग माफी माग्नु पर्छ ।', उनले भनिन् । 
 
के भन्छन् निर्माता सुनिल रावल ? 
नायिका स्यारोनले लगाएका आरोपको विषयमा निर्माता सुनिल रावलले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै भने, 'नायिका स्यारोनलाई न मेरो प्रेमिका बन भनेको थिएँ न त मैले एयरहोस्टेस नै बनाइदिन्छु भनेको थिएँ । म एयरलाइन्सको मान्छे होइन मैले स्यारोनलाई एयरहोस्टेस बनाइदिन । म काम गर्ने मान्छे हुँ । मलाई जिस्कन पनि आउँदैन र जिस्काउन पनि आउँदैन ।' 
 
उनले अगाडि थप्दै भने, 'स्यारोनले म माथि लगाएका आरोपहरु सबै गलत हुन । यदी मैले गलत गरेको थिएँ भने पहिला नै मिडियामा ल्याउनु पर्थ्यो नि त किन नल्याएको त ? मैले उहाँलाई होइन उहाँले चाँही मसँग माफी माग्नु पर्छ ।' 
 
Most Visited News (monthly)