Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बच्चा चाहन्छिन् तर गर्भवती हुनबाट डराउँछिन् सनी

एजेन्सी, मुम्बई, 2017/07/20
त्यसो त बलीउड अभिनेत्री सनी लियोनी आफ्नो सुट्स र टिभी, फिल्ममा निकै व्यस्त रहन्छिन् तर उनी बच्चा पनि चाँडै चाहन्छिन् । हालैमा सनी लियोनले आफ्नो परिवार बढाउने विषयमा बोल्दै भनिन्, 'म बच्चा चाहन्छु तर गर्भवती हुनबाट निकै डर लाग्छ । तर प्रेग्नेन्टको विषयमा अहिले नै सोच्नु मेरो लागि निकै मुश्किल हुन्छ किनभने अहिले मसँग निकै काम छ । तर कसले जान्दछ कि कहिले कहाँबाट मेरो काखमा बच्चा आउँछ । र, सबै हैरान हुन्छन् कि आखिर यो बच्चा आयो कहाँबाट ?' 
 
के सनीको इशारा एक सरोगेट बेबीको तर्फ थियो ? त्यसो त अहिले स्टारहरुका लागि यो बाटो सजिलो बन्दै गएको छ । शाहरुख खानदेखि तुषार कपूरसम्म, सरोगेसीको कारण पेरेन्ट्स बनेका हुन् । हालैमा कृष्णा अभिषेक र कश्मीरा शाह पनि सरोगेसीको माध्यमबाट पेरेन्ट्स बनेका हुन् । 
 
सनीले यो खुलासा त गरेकी छिन् कि उनी चाँडै आमा बन्न चाहन्छिन् । तर, यो विषयमा भने चुप बसेकी छिन् कि उनी प्रेग्नेन्ट हुन्छिन् वा सरोगेसीको माध्यमबाट आमा बन्न चाहन्छिन् । 
Most Visited News (monthly)