मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो पो क्रेज ! युवतीको हातमा आशिरमानको नामको मेहेन्दी

फिल्मीखबर, काठमाण्डौ, 2017/07/19
आशिरमान देशराज जोशी युवापुस्तामाझ परिचित अनुहार बनिसकेको छ । न उनी अभिनित फिल्म हलमा लागेको छ न त उनलाई अहिलेसम्म कुनै म्यूजिक भिडियोमा नै देखिएको छ । भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म 'ग्याङस्टार ब्लुज'बाट नेपाली रजतपटमा डेब्यू गरेका अशिरमानको चर्चा अहिले नेपाली सिनेवृतमा राम्रै छ । 
 
फिल्म रिलिज अगाडि नै आशिरमानको लुक्सको चर्चा सुरु भएको छ । 'ग्याङस्टार ब्लुज'को सार्वजनिक ट्रेलर र गीतमा निकै रुचाइएका आशिरमानले फिल्म रिलिज अगाडि नै आफ्नो गज्जबको फ्यान क्रेज बनाइसकेका छन् । 
 
फिल्म 'होस्टेल'बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको 'ग्याङस्टार ब्लुज'मा आशिरमानलाई एंग्री योङम्यानको लुक्स प्रस्तुत गरिएको छ । 
 
यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।   
 
युवतीको हातमा आशिरमानको नामको मेहेन्दी 
अहिले साउनको महिना । विवाहित होस वा अविवाहित यूवती सबैको हातमा हरियो चुरा र मेहेन्दी देख्न सकिन्छ । हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग बस्यो उति नै श्रीमान वा प्रेमीको माया पाइन्छ भन्ने विश्वास छ । यस्तै, प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित वा अविवाहित महिलाका श्रीमान वा प्रेमीको आयु बढ्छ ।
 
 
यो साउनको महिनामा हजारौं युवतीहरुले आफ्नो हातमा मेहेन्दीले प्रेमीको नाम लेखेका छन् । साउनमा प्रेमीको नाम मात्र होइन आफूलाई मन पर्ने फिल्म स्टारको नाम समेत युवतीहरुले हातमा लेख्ने गर्छन । आशिरमानको नाम पनि एक युवतीले आफ्नो हातमा मेहेन्दीले लेखेकी छिन् । मनिता नामकी एक यूवतीले आफ्नो हातमा मेहेन्दीले'आयुष्मान देशराज जोशी' लेखेकी छिन् । 
 
पहिलो फिल्म रिलिज नहुँदै आशिरमानको यो क्रेजले 'ग्याङस्टार ब्लुज' रिलिज पश्चात उनको माग र चर्चाको अनुमान लगाउन सक्छ । पहिलो फिल्म रिलिज नहुँदै उनले 'ब्रेकअप' नामक फिल्मका लागि १५ लाख पारिश्रमिक लिएको खबर पनि अहिले निकै चर्चामा छ ।