मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेशलाई आफ्नै परेली ‘पर्दा भो’ (भूईँमान्छे गीत)

फिल्मीखबर, काठमाण्डौ, 2017/07/19
फिल्म 'भूईँमान्छे'को नयाँ गीत रिलिज भएको छ । ‘पर्दा भो’ बोलको गीतमा फिल्मका मुख्य तीन पात्र रमेश बुढाथोकी, सिपोरा गुरुङ र सहिन प्रजापतिको पीडा बोल्छ । रिलिजका लागि एक महिना बाँकी  रहँदा फिल्म युनिटले दोस्रो गीत सार्वजनिक गरेको हो । सर्वाजनिक गीतमा शब्द महेश पौड्याल, संगीत जुगल डंगोल र स्वर शिव परियारको रहेको छ ।
 
भाद्र २ गते रिलिज हुन लागेको फिल्म ‘भूइँमान्छे’ मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । फिल्मका निर्देशक नवराज बुढाथोकी हुन् ।