
बलीउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले चाँडै कमब्याक गर्ने भएकी छिन् । शिल्पा केही वर्षदेखि फिल्मबाट टाढा थिइन् । फिल्ममा कमब्याकको बारेमा शिल्पाले भनिन्, 'चाँडै फिल्ममा कमब्याक गर्ने सोचमा छु । अहिले एक फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको छु, हेरौं यसको म हिस्सा बन्छु वा बन्दिन ।'
शिल्पा आलिया भट्टलाई अहिलेको समयको उत्कृष्ट अभिनेत्री मान्छिन्, जसले केही दिन अगाडि आइफा अवार्डमा फिल्म ‘उड़ता पंजाब’का लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितिन् । शिल्पाले भनिन्, 'उनी जून काम गर्छिन त्यसमा उत्कृष्ट दिने प्रयास गर्छिन । उनी वास्तव मै आफूलाई अगाडि बढाउन चाहन्छिन् र जोखिमपूर्ण भूमिकाहरु निर्वाहा गर्ने गर्छिन ।'

