Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पन्जा २’ सँग जुध्ला ‘मंगलम’ ?

मनिष अन्जान, काठमाण्डौ, 2017/07/19
नेपाल फिल्म क्षेत्रमा सबैभन्दा बढी चर्चामा रहने विषय भनेको नेपाली फिल्मको रिलिज मिति हो । बारम्बार रिलिज मिति फाइनल भएका फिल्मको रिलिज पोस्टपोन्ड र नयाँ मिति कन्फर्म लगायतका खबरले नेपाली मिडियामा राम्रै स्थान पाउने गर्छन । यस्तै, एकै मितिमा दुई वा त्योभन्दा बढी फिल्मको भिडन्तको खबरले पनि नेपाली मिडियामा ठूलै भूकम्प ल्याउने गरेका छन् ।  
 
आज हामी असोज ११ गते रिलिज हुन लागेका दुई फिल्मको महासंग्रामको विषयमा कुरा गर्दैछौं । असोज ११ गते यसवर्षको सबैभन्दा ठूलो भिडन्त हुँदैछ । दशैंको फूलपातीमा ‘छक्का पन्जा २’ र ‘मंगलम’ एकसाथ मैदानमा उत्रिदैछन् । दशैंको विदा खान यी दुवै फिल्मले असोज ११ गतेलाई रिलिज कन्फर्म गरेका हुन् । 
 
अनौठो के छ भने निर्माता छविराज ओझा फिल्म रिलिजको झण्डै ३ महिना अगाडि नै गीत सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गर्ने गर्छन । तर, फिल्म ‘मंगलम’को अहिलेसम्म न पोस्टर रिलिज भएको छ न त गीत नै । फिल्म वितरणको जिम्मा लिएको एफडी कम्पनीले पनि ‘छक्का पन्जा २’ एकसाथ रिलिज हुने भएपछि हल कम पाउने भन्दै निर्माता ओझालाई रिलिज मिति सार्न आग्रह गरिरहेको छ । 
 
फिल्म रिलिजका लागि २ महिना बाँकी रहँदा छविराज ओझाले पोस्टर र गीत सार्वजनिक नगर्नुले पनि उनी उक्त मितिबाट पछाडि हट्ने सोचमा रहेको अनुमान लगाउन सकिन्छ । तर, उनले आधिकारीक जानकारी भने दिएका छैनन् । फिल्म ‘छक्का पन्जा २’ को केहीदिन भित्रमा नै पहिलो गीत रिलिज हुँदैछ भने गएको महिनामा नै हल टीजर युट्युबमा सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गरिसकेको छ । 
 
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, 'मंगलम'लाई असोज ११ गतेबाट पोस्टपोन्ड गरेर कात्तिक ३ गते अनमोल केसी अभिनित फिल्म 'कृ'सँग एकसाथ रिलिज गर्ने तयारी भैरहेको छ । तर, यसको औपचारिक जानकारी भने बाहिरिएको छैन । निर्माता छविराज ओझाले असोज ११ गतेबाट पछाडि हटेर कात्तिक ३ गते फिल्म रिलिज गर्ने कुरा गलत रहेको फिल्मीखबरसँगको फोनर्वार्तामा बताए । यस्तै, फिल्म वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले भने, 'छविराज ओझा पुरानो मेकर हुनुहुन्छ । उहाँलाई सेल्फल्यान्डिङ गर्ने कुरामा अहिले छलफल भैरहेको छ । केहीदिन भित्रमा नै रिलिजको टुंगो लाग्छ ।'
 
यदी छविराज ओझा असोज ११ गतेबाट पछाडि नहटे ‘छक्का पन्जा २’ सँगको भिडन्त हेर्न लायकै हुनेमा शंका छैन । फिल्म 'मंगलम'मा पुष्पल खड्का, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको मुख्य भूमिका छ भने नवल नेपालले फिल्म निर्देशन गरेका हुन् ।
 
Most Visited News (monthly)