Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

साम्राज्ञी र सौगातको भिडन्त टर्‍यो

फिल्मीखबर, काठमाण्डौ, 2017/07/18
भाद्र ८ गतेलाई रिलिज कन्फर्म गरिएको नायिका निशा अधिकारीले निर्माण गरेको फिल्म 'झ्यानाकुटी'को रिलिज पोस्टपोन्ड भएको छ । नायक अनमोल केसी अभिनित फिल्म 'कृ' यसअघि यही मितिमा रिलिज हुने फाइनल भएको थियो । तर, फिल्मको छायांकन लम्बिएपछि यो मिति छाडेर कात्तिक २ लाई लक गरियो । 'कृ' भाद्र ८ मा नआउने भएपछि फिल्म 'झ्यानाकुटी' सोलो रिलिज हुने पक्का थियो । 
 
तर, अनमोलको फिल्मको रिलिज पोस्टपोन्ड भएपछि यो मितिमा साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म 'तिमीसँग'ले रिलिज कन्फर्म गर्‍योे । भाद्र ८ गते 'तिमीसँग' र 'झ्यानाकुटी'को भिडन्त हुने लगभग पक्का भैसकेको अवस्थामा 'झ्यानाकुटी'ले भने आफ्नो रिलिज पोस्टपोन्ड गरेको छ । स्रोतका अनुसार, अब यो फिल्म भाद्र ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ । 
 
साम्राज्ञीको क्रेजको अगाडि 'झ्यानाकुटी'ले आफ्नो रिलिज पोन्टपोन्ड गरेको हुन सक्ने अनुमान लगाइएको छ । अहिलेसम्मको अवस्थामा अब भाद्र ८ गते साम्राज्ञी अभिनित फिल्म 'तिमीसँग' मात्र रिलिज हुनेछ । नायिका निशा अधिकारीले पहिलो पटक 'झ्यानाकुटी'बाट फिल्म निर्माणमा हात हालेकी हुन् । यो फिल्ममा सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका छ । फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)