
बलीउडका चर्चित अभिनेता वरुण धवन प्रायः आफ्नो फिल्मलाई लिएर निकै चर्चामा रहने गर्छन । फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलीउडमा डेब्यु गरेका वरुण धवनको बारेमा सबैलाई आश्चर्यमा पार्ने कुरा बाहिर आएको छ ।
कहिलेकाहिँ उनको नाम विनाकारण कुनै न कुनै अभिनेत्रीसँग जोडिने गर्छ तर अब त उनले आफ्नो बेटर हाफ पाइसकेको खबरले अहिले बलीउड तातेको छ । वरुणले छिट्टै बिहे गर्ने कुराको चर्चाले यतिबेला भारतीय सञ्चार माध्यममा तहल्का मच्चिरहेको छ । रिपोर्टको अनुुसार वरुण धवनले छिट्टै गर्लफ्रेण्ड नताशा दलालंसँग बिहे गर्ने भएका छन् ।

वरुण सधै नताशासँगको सम्बन्धलाई लिएर केही चुप थिए । तर, अब यो खबर आएपछि वरुण छिट्टै यस सम्बन्धलाई नयाँ नाम अर्थात 'इन्गेजमेन्ट' गर्ने कुरा बाहिरिएको छ । समाचारको अनुसार, नताशा प्राय वरुण धवनको पारिवारिक जमघटमा समेत बाक्लै उपस्थित हुन्छिन् । विवाहको विषयमा भने अहिलेसम्म वरुणले मुख खोलेका छैनन् ।

